मेकअपले हानी गरिरहेको त छैन?

काठमाडौं,२८ असोज । अनुहारमा मेकअप फाउन्डेसनबाट सुरु गरिन्छ। यो त्यस्तो प्रकारको हुन्छ, जुन अनुहारको रंगसँग घुल्न सक्छ। यो लाएपछि अनुहार अपेक्षा भन्दा बढी नै ग्लोइंग देखिन्छ। यसका साथै यो धेरै समय अनुहारमा टिक्छ। यसले अनुहारमा एउटा तह सिर्जना गर्छ। अनुहारमा लामो समय यसलाई राख्ने हो भने उल्टो असर देखिन थाल्छ। छालामा रहेका अक्सिजन लिने साना–साना प्वाल बन्द हुन्छन्। त्यसैगरी यसमा रहेको एडहेसिब नामको पदार्थले एलर्जी समेत गर्न सक्छ। त्यसैगरी बास्नाका लागि यसमा प्रयोग हुने तेल समेत छालाका लागि राम्रो मानिदैन।
गाजल
जलले आँखाको सुन्दरता बढाउँछ भन्ने कुरा शंका गर्नुपर्दैन। तर, निकै कमले ख्याल गरेका हुन्छन् कि गाजलमा सिसा अधिक मात्रामा हुन्छ। यसका साथै ग्यालेना पिबिएस, मिनियम, अमरफो कार्बन, म्याग्नेटाइट र जिनसाइट जस्ता तत्व मिलाइएको हुन्छ। दैनिक प्रयोगले यी सबकुरा आँखाको माध्यमबाट बडीसम्म पुग्छ। जसले दिमाग र बोनम्यारोलाई प्रभावित गर्न सक्ने हुन्छ।

आइलाइनर
आइलनर महिलाले ठूलो र सुन्दर आँखा बनाउन प्रयोग गरिरहेका हुन्छन्। परेलाको ठिक माथि लगाइने यो आँखाका लागि हानिकारक समेत हुनसक्छ। यो बनाउन प्रयोग हुने वेक्स, सिलकनलाई नेचुरल गमले टाँसेको हुन्छ। त्यसैले पानी वा पसिनाले बगाउँदैन। तर, जस्तो पायो त्यस्तै आइलाइनरले आँखा रातो बनाउने, चिलाउने र आँखाबाट लगातार पानी चुहिनेजस्ता समस्या देखिन सक्छन्।

लिपिस्टिक
ओठलाई लिपिस्टिकको सहारामा सुन्दर बनाउनेको सँख्या सबभन्दा धेरै पाइन्छ। विभिन्न प्रकारका लिपिस्टिक बजारमा छन्। तर, राम्रो खालको परेन भने यसका बेफाइदा निकै छन्। यी रंगीविरंगी लिपिस्टिकमा सबभन्दा धेरै मात्रामा त शिशा पाइन्छ। जुन स्वास्थ्यका लागि हानिकारक छ। सधैँ यसको थोरै–थोरै मात्रा पेटमा जाँदा विस्तारै कुनै न कुनै रोग निम्त्याउने पक्का छ। कतिपय अवस्थामा लिपिस्टिकमा मिसाइएका केमिकल्स वाहिरी वातावरणमा मिसिएर रिएक्सन समेत गर्ने गर्छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चक्रवात ‘अर्नब’को प्रभाव: आज दिउँसोदेखि वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि स...