तनहुँको थर्पुमा निःशुल्क भिडियो एक्सरे सेवा
दमौली (तनहुँ),२४ असोज । तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु भएको छ । गाउँपालिकाको सहयोगमा आजदेखि स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुुरु भएको हो ।
अब भिडियो एक्सरे सेवाका लागि म्याग्देलगायत आसपासका भेगका महिला दमौली वा पोखरा जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् । भिडियो एक्सरे सेवा थालिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भन्नुभयो, “स्वास्थ्य सेवा विस्तार गर्ने योजनाअनुरुप भिडियो एक्सरे सेवा शुभारम्भ गरेका हौँ । गाउँपालिकाले जनताको स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको छ ।”
गाउँपालिकाले आजै स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो । पहिलो दिन आज दश जना गर्भवतीलाई सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिनुभयो । गर्भवतीले अब भिडियो एक्सरे सेवा लिन महँगो रकम खर्चिएर अन्यत्र जानुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस