कलेजोलाई स्वस्थ राख्ने खानेकुरा

एजेन्सी । ओखर कलेजोको स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । ओखरमा ओमेगा–३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । यसले कलेजोलाई सही तरिकाले काम गर्न सहयोग गर्दछ र फ्याटी लिवरको समस्याबाट जोगाउँछ ।

पानी लिवरको स्वास्थ्यका लागि एकदमै आवश्यक हुन्छ । सही मात्रामा पानीको सेवन एकदमै जरुरी छ । यसले लिवरलाई फिल्टर गर्ने काम गर्दछ र शरीरलाई हाइड्रेट राख्ने काम गर्छ ।

त्यस्तै ब्रोकाउली पनि कलेजोको स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा फाइबर तथा एन्टीअक्सीडेन्ट्स अधिक मात्रामा पाइन्छ । ब्रोकाउलीसँगै अमला र फुलगोभी पनि केलेजोलाई स्वस्थ राख्न सहयोगी हुन्छ ।

ग्रीन टीले तौल कम गर्ने मात्र होइन कलेजोलाई पनि स्वस्थ राख्ने काम गर्छ । अन्य चियाको विकल्पका रुपमा ग्रीन टी को प्रयोग कलेजोको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

कागतीमा भिटामिन सी तथा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा पाइन्छ जसले शरीरलाई डिटक्स गर्ने काम गर्छ । साथै कलेजोको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

शरीरमा रगतको कमी हुँदा चुकन्दर खाने सल्लाह दिइन्छ । चुकन्दरले लिवरका एन्जाइम्सलाई सक्रिय बनाउँछ र लिवरलाई सफा राख्न मद्दत गर्दछ ।

त्यस्तै बेसार पनि लिवरको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले शरीरलाई डिटक्स गरेर खराब तत्वलाई बाहिर निकाल्ने काम गर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चक्रवात ‘अर्नब’को प्रभाव: आज दिउँसोदेखि वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि स...