विश्व पशु दिवस दिवसको अबसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रलाई औषधी सहयोग

चितवन,१८ असोज । विश्व पशुपक्षी दिवसको अबसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रलाई औषधि  सहयोग गरीएको छ ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव राजेन्द्र कोइराला, प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटा, पशु पक्षी तथा मत्स्य बिकास निर्देशनालयका निर्देशक गौरीमान श्रेष्ठ, कृषि बिकास निर्देशनालय का निर्देशक तेज प्रसाद दवाडी, भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र भरतपुरका कार्यालय प्रमुख सुशील केसी र माताहत कार्यालयका कर्मचारीहरुको उपस्थितिमा आज विहिवार एक कार्यक्रमका विच केन्द्र परिसरमा नै पुगेर सो सहयोग प्रदान गरिएको हो ।

विश्व पशुपक्षी दिवसको अवसरमा औषधि, दाना चोकर र घाँस उपलब्ध गराएको प्रति योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका संयोजक नवराज ढकालले धन्यबाद व्यक्त गर्नुभएको थियो । साथै आगामी दिनहरुमा पनि संरक्षीत स्थानीय जातका गाइलाइ संरक्षण अभियानमा साथ र सहयोगको अपिल पनि गर्नु भयो ।

भरतपुर १ देवघाटधामा रहेको श्री वागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमबाट सञ्चालित सो केन्द्रमा हाल १८० भन्दा वढी स्थानिय प्रजातिका गो बंश रहेका छन् ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...