शिव प्रसाद पौडेल स्मृति प्रतिष्ठानद्धारा समावेशी संस्कृत गुरुकुलमलाई सहयोग

चितवन,१८ असोज । शिव प्रसाद पौडेल स्मृति प्रतिष्ठानले बिहिबार देवघाटधाममा रहेको श्री वागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम बाट सञ्चालित समावेशी संस्कृत गुरुकुलमलाई सहयोग गरेको छ । प्रतिष्ठानले बिहिबार गुरुकुलम परिसरमा  एक कार्यक्रमको आयोजना गरी  गुरुकुलका वटुकहरुलाई पोशाक वितरण गरि  खाना खुवाएको  हो ।

प्रष्ठिानका अध्यक्ष विनु रायमाझी पौडेल सो गुरुकुल प्रकल्पको संयोजक समेत हुनहुन्छ ।उहाँले  सबैको साथ र सहयोगले  गुरुकुल सन्चालन भईरहेको जानकारी गराउदै आफ्नो प्रतिष्ठानले पनि सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो।  सो गुरुकुल ४० जनाले आवाशिय सुविधाका साथ अध्यन गरिहेका छन्।  
सो कार्यक्रममा प्रमुख अतिथि परिषद् संरक्षक  शान्त प्रसाद पोखरेलले गुरुकुलीय  शिक्षाको महत्त्व माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा परिषद्का अध्यक्ष शैलेन्द्र कुमार पियाले गुरुकुल सन्चालनका लागि राज्यको दाईत्व हुनुपर्ने  भन्दै सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो। भरतपुर १देवघाटधाममा रहेको सो गुरुकुलको २०७४ साल देखि सन्चालनमा आएको हो। यश गुरुकुलमा कक्षा ६ देखि १० सम्म अध्यापन भइरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...