पतञ्जली योगको त्रि दिवसीय वृहत योग विज्ञान शिविर रामनगरमा
चितवन,१३ असोज । भरतपुर महानगरकी प्रमुख रेनु दाहालले मानवजीवनका लागि योग अपरिहार्य भएको बताउनुभएको छ । पतञ्जली योग समिति चितवन एवं रामनगगर ठिमुरा समाज, चितवनले आयोजन गरेको ३ दिने योग शिविरको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “योगले मानवको मन र शरीरलाई जोड्ने काम गर्छ ।”
प्रमुख रेनुले योगाले जीवनलाई तनाबमुक्त बनाउने आफू महानगरभरि नै योग शिविर चलाउने बताईन् । जिवनको अन्तिम सत्य योगा भएको बताउंदै सबैका लागि योग अपरीहार्य रहेको मेयर रेनुको भनाई छ । ‘गरौ योग, रहौं निरोग’ नारालाई मनन गरी पतञ्जली योग समिति नेपालको तत्वावधानमा त्रि दिवसीय वृहत योग विज्ञान शिविर भरतपुर १ रामनगर स्थित पुष्पबाटिकामा सुरु भएको पतञ्जलि योग समितिका सल्लाहकार ज्ञानेन्द्र विक्रम महतले जानकारी दिए । उनले योग शिविरलाई चितवन व्यापी बनाउने घोषण गर्दै सबैलाई सहकार्य गर्न अपिल पनि गरे । हरेक दिन बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुने शिविरमा पतञ्जली योग समितिका केन्दिय प्रभारी लवदेव मिश्र र पतञ्जलि योग समितिका युवा संयोजक लोकनाथ खनालले प्रशिक्षण दिनेछन् ।
सो अवसरमा बोल्दै पतञ्जली योग समितिका केन्दिय प्रभारी लवदेव मिश्रले योगाको मुख्य उत्पादन भनेको तनावमुक्त जिवन भएको बताउंदै योगा भनेको असत्यलाइ सत्यतर्फ लैजाने माध्यम भएको बताए ।
समितिका सचिव राजु भट्टराईले सञ्चालन गरेको कार्यक्रममा समितिका संरक्षक टंकनाथ पौडेल, अमेरिकी दुतावासकी लिडर अनिता महत पतञ्जलि योग समितिका युवा संयोजक लोकनाथ खनाल, युवा समाजसेवीट.कनाथ पौडेल, फडिन्द्र भण्डारी लगायतले योगको महत्व बारेमा चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस