चितवनमा डेँगु संक्रमितको संख्या ४६७ पुग्यो
चितवन,११ असोज । चितवनमा डेँगु संक्रमितको संख्या ४६७ पुगेको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि असोज ११ गतेसम्ममा ती संक्रमित भएको पाइएको हो ।
चितवनमा बिगत २४ घण्टामा चार जना संक्रमित भेटिएका छन् । जसमा भरतपुरका दुई जना, रत्ननगरका एक जना र राप्तीका एक जना रहेका छन् । अहिलेसम्म संक्रमित भएका ४६७ जनामध्ये भरतपुर महानगरपालिकाका १४२ जना, खैरहनी नगरपालिकामा ५२ जना, माडी नगरपालिकामा ४ जना, रत्ननगर नगरपालिकामा ६७ जना, राप्ती नगरपालिकामा ३२ जना, कालिका नगरपालिकामा ७ जना, ईच्छाकामना गाउँपालिकामा पाँच जना, ठेगना नखुलेको ४६ जना र अन्य जिल्लाबाट ११२ जना रहेका छन् ।
प्रतिकृया दिनुहोस