महिनावारी हुनु अघि शरीरमा देखिन्छन् यस्ता संकेत
एजेन्सी । लगभग हरेक महिलालाई महिनावारी आउनु पूर्व केही समस्याहरु देखिने गर्छन् ।
तर कतिपय महिलाले त्यस्ता शरीरबाट देखिने संकेत तथा समस्याहरुलाई बुझ्न सक्दैनन् । यस्तोमा डाक्टरको सुझावअनुसार कस्ता संकेतहरु देखियो भने महिनावारीको समय भएको छ भनेर बुझ्न सकिन्छ यसबारेमा जानौं ।
खुट्टा दुख्नु
खुट्टा दुख्नु
कतिपय अवस्थामा महिनावारी हुनुअघि खुट्टामा फरक खालको दुखाई शुरु हुन्छ । त्यस्तै केही दिन अघि देखि अचानक खुट्टा कसिलो तथा तन्किएको महसुस हुन्छ ।
पेट दुखाई
महिनावारी शुरु हुनु अघिको पेटको दुखाई त प्रायः सबै महिलाहरुले महसुस गर्छन् । कतिपयलाई दुखाई एकदमै धेरै हुन्छ भने कतिपयलाई कम वा नहुने पनि हुन्छ ।
कम्मर दुखाई
आम रुपमा महिनावारी हुने दुखाई भनेको कम्मरको दुखाई पनि हो । कम्मरको तल्लो भागमा कसैलाई धेरै त कसैलाई थोरै दुखाई महसुस हुन्छ । यस्तो एक हप्ता अगाडिदेखि वा एक दुई दिन अगाडि हुने गर्छ । जसले गर्दा तपाईं महिनावारी हुने समय आएको जानकारी पाउन सक्नुहुन्छ ।
कमजोरी महसुस
केही महिलाहरुमा महिनावारी हुनु अघि एकदमै धेरै कमजोरी महसुस पनि हुन्छ । उनीहरु काम गर्दागर्दै तुरुन्तै थाक्छन्, त्यस्तै केही काम गर्ने जाँगर पनि लागिरहेको हुँदैन ।
मुड स्विंग हुनु
यो संकेत पनि एकदमै सामान्य हो । महिनावारी हुनुअघि चिडचिडापन हुनु, उदास हुनु तथा तनाव जस्तो महसुस हुने गर्छ । यस्ता लक्षणहरुले पनि महिनावारीको समय आएको अनुमान गर्न सकिन्छ ।
ब्रेस्टमा दुखाई
महिनावारी हुने क्रममा धेरै महिलाहरुलाई ब्रेस्टमा दुखाई पनि हुने गर्छ । यस्तो बेला ब्रेस्ट थोरै सुन्निने, दुबैतर्फ आकारमा फरकपन आउने तथा कसिलो महसुस हुने समस्या देखिन्छ ।
डन्डीफोर
कतिपय महिलाहरुलाई महिनावारी शुरु हुँदैछ भन्ने संकेत डन्डीफोरले पनि दिने गर्छ । कसैलाई अनुहारमा धेरै तथा कसैलाई एउटा वा दुई वटा डन्डीफोरहरु देखिने गर्छ ।
प्रतिकृया दिनुहोस