१२ वर्षमाथिका बालबालिकाका लागि कोभिडविरुद्ध दोस्रो चरणको खोप सञ्चालन
काठमाडौं,२५ भदौ । काठमाडौं जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको बुस्टर डोज खोप अभियान सुरु भएको छ ।
दोस्रो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुने तथा अभियानका क्रममा बालकालिकालाई फाइजर खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
खोप काठमाडौं जिल्लास्थित महानगरपालिका तथा नगरपालिकाले तोकेका स्वास्थ्य संस्था तथा विद्यालयहरूमा दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । यस्तै, कोभिड–१९ विरुद्धको खोप सबै नगर अस्पतालहरूबाट लगाइनेछ ।
खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएर जान जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस