यस्ता प्रकारको कसरतले घुँडा दुख्ने समस्या झनै बढाउन सक्छ


एजेन्सी ।
स्वस्थ रहनका लागि जो कसैलाई कसरत गर्ने सल्लाह दिइन्छ । चाहे तौल कम गर्नका लागि होस् वा शारीरिक रूपमा स्वस्थ बन्नका लागि कसरत एकदमै जरुरी हुन्छ । तर, यदि तपाईंको घुँडामा पहिले नै समस्या छ भने केही त्यस्ता कसरत जसले दुखाइलाई झनै बढाउन पनि सक्छ । त्यसैले सर्तक भएर मात्र कसरत गर्नुपर्ने हुन्छ ।

दौडनु
दौडनु एकदमै राम्रो कसरत मानिन्छ । यो एउटा यस्तो कार्डियो एक्सरसाइज हो जसले तपाईंको शरीरको अतिरिक्त क्यालोरी बर्न गर्नका लागि सबैभन्दा प्रभावकारी काम गर्छ । यसले तपाईंको इस्टेमिना पनि बढाउँदै लग्छ । तर, यदि तपाईंलाई पहिलेदेखि नै घुँडा दुख्ने समस्या छ भने दौडनु गलत हुन सक्छ । दौडिँदा घुँडामा अतिरिक्त दवाब पर्छ जसले दुखाइलाई बढाउन सक्छ ।

भर्‍याङ चढ्नु
भर्‍याङ चढ्नु पनि आफूलाई स्वस्थ राख्ने एउटा राम्रो तरिका हो । तर, जो व्यक्तिलाई पहिलेदेखि नै घुँडा दुख्ने समस्या छ उनीहरूका लागि भर्‍याङ चढ्नु राम्रो हुँदैन । धेरै सिँढी चढ्दा घुँडाको दुखाइ बढ्छ ।

डिप स्क्वाट्स
जो व्यक्तिलाई सधैं घुँडा दुख्ने समस्या भइरहन्छ त्यस्ता व्यक्तिले डिप स्क्वाट्स गर्नबाट पनि बच्नुपर्छ । यो कसरत गर्दा घुँडा धेरै मात्रामा मोडिन्छ जसले गर्दा दबाब पर्न जान्छ । डिप स्क्वाट्स गर्दा दुखाइ झनै बढ्छ ।

लन्जेस
लन्जेस गर्ने क्रममा पनि हामीले घुँडालाई पूर्णरूपमा मोड्ने गर्छौं जसले घुँडाको जोर्नीमा असर पर्छ । जसले गर्दा कतिपय व्यक्तिलाई अत्यधिक दुखाइ महसुस पनि हुन सक्छ । खासगरी लन्जेस गर्ने क्रममा शरीरको पोस्चरलाई ध्यान दिइएन भने घुँडा अझ बढी असर पर्न सक्छ ।

तौल उठाएर गर्ने कसरत
आफ्ना खुट्टालाई बलियो बनाउनका लागि जीम तथा घरमै पनि भारी तौल उठाएर कसरत गर्ने गर्छन् । यस्तो कसरतले पनि घुँडामा धेरै दबाब हुने भएकाले घुँडा दुख्ने समस्या अझै बढ्दै जाने र घुँडा बलियो हुनुको साटो कमजोर हुने सम्भावना हुन्छ । त्यसैले खुट्टाका लागि तौल उठाएर गरिने कसरतहरू पनि घुँडा दुखिरहेको व्यक्तिले गर्नु हुँदैन ।



प्रतिकृया दिनुहोस