शुभकामना आदानप्रदान गर्दै श्रीकृष्ण आमा समुह भरतपुर ७ ले तीज पर्व मनायो

भरतपुर,१६ भदौ । भरतपुर ७ मा रहेको श्री कृष्ण आमा समुहले तीजको अवसर पारेर  तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सभा सदस्य माया श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तीज दिदिबहिनी बीच माया,सद्भभाव,स्नेह,सुखदुःख साटा साट गर्ने  पर्व भएको बताउनु हुदै सबैले  सरल र मितव्ययी भएर  तरिकाले पर्व मनाउनु आग्रह गर्नुभयो ।
सो अवसरमा उहाँले नेपालको पहिचानको पर्व ,  नारी  स्वतन्त्रताको पर्व तीजको   शुभकामना समेत व्यक्त गर्नु भएको छ  । कार्यक्रमा भरतपुरमहानगरपालिका वडा  ७ का अध्यक्ष राजेन्द्र मणि काफ्ले,नेपाल पत्रकार महासघका सचिव सिर्जना अर्याल, नेपाली कांग्रेस चितवनका युवा नेता विनोद ढकाल, वडा सदस्य अमृता गौतम  लगायतले तीज पर्वले  नेपाली महिलाको शशक्तिकरणमा ठुलो टेवा पुगेको धारणा राख्नुभयो ।
विशिष्ट अतिथिको उपस्थिति रहेको थियो । समुहका दिदीवहिनी बिच आत्मीयता साटासाट लगायतका सामाजीक गतिविधिमा जागरुक गराउन कार्यक्रमको आयोजना गरेको समुहका अध्यक्ष  इन्दिरा लामिछानले भनाई राख्नुभयो ।
 कार्यक्रममा समूहका १५० जना भन्दा बढि , ,देवी  कुमारी ढकाल, सरस्वती लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सस्थाका  सहसचिव शारदा ढाकालले सहजीकरण गर्नु भएको थियो ।
यस वर्षको  नेपाली महिलाहरूको महान पर्व  हरितालिका ९तीज ० असोज १ मा परेको छ । वर्तमानमा यस पर्वको अवसर पारेर  विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ ।
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...