नियमित रूपमा बिस्कुट खाँदा स्वास्थ्यमा हुनसक्छ यस्तो नोक्सानी

एजेन्सी । चियासँग वा सानो सानो भोक भगाउन प्रायः मानिस बिस्कुट खाने गर्छन् । तर, यसरी दैनिक नियमित रूपमा बिस्कुट खाँदा शरीरमा धेरै खाले समस्या आउन सक्छन् ।

धेरै बिस्कुटमा ग्लुटेनको मात्रा हुन्छ जो स्वास्थ्य तथा छालासँग जोडिएका समस्या निम्त्याउन सहयोगी हुन सक्छ । यदि, तपाईं ग्लुटेन फ्रि बिस्कुट खान चाहनुहुन्छ भने ओट्स वा मल्टीग्रेन अर्गानिक बिस्कुट लिन सक्नुहुन्छ।

बिस्कुटमा कार्ब्सको मात्रा धेरै हुन्छ, साथमा चिनीको मात्रा पनि अत्यधिक हुने भएकाले यसले मोटोपन ल्याउन सक्छ । यसरी नै बिस्कुटमा फाइबरको मात्रा हुँदैन साथै त्यसमा सुगर र कार्ब्स धेरै हुने भएकाले ग्यासको समस्या पनि हुन सक्छ ।

बिस्कुट दैनिकरूपमा खानु भनेको हृदयका लागि पनि राम्रो हुँदैन । यसले हृदयसम्बन्धी समस्या बढ्दै जान्छन् । यसको अत्यधिक सेवनले कोलेस्ट्रोल बढ्छ, जो मुटुको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

धेरै गुलियो बिस्कुटको नियमित सेवनले मधुमेहको समस्या पनि निम्तिन सक्छ । साथै, दाँतमा किरा लाग्ने समस्या पनि हुन्छ । बिस्कुटले क्याबेटिज हुन्छ जसले गर्दा दाँतमा समस्या आउँछ । यो एकदमै अपाच्य हुने भएकाले पेटका लागि पनि यो फाइदाजनक हुँदैन । यसले कब्जियत, ग्यास, वाकवाकी, पेट फुल्ने आदि समस्या हुन सक्छ ।


प्रतिकृया दिनुहोस