जानौं आँखामा देखिने मधुमेहका लक्षणहरु

काठमाण्डौं,३० साउन । यदि, कोही मानिसको शरीरमा मधुमेहको सुरुआत भइरहेको छ भने उसको आँखामा पनि केही संकेतहरू देखिन थाल्छन् ।

जानौं, ती संकेतका बारेमा ।
यदि, तपाईंको आँखा धमिलो देखिएको छ भने यो आँखाको समस्या पनि हुन सक्छ, तर मधुमेहको सुरुआत हुँदैछ भन्ने संकेत पनि हुन सक्छ ।
यदि, तपाईंको आँखाबाट एकदमै धेरै पानी आउन थाल्यो भने तपाईं डाक्टरलाई देखाउन जरुर जानुहोस् । यो मधुमेहको सुरुआती लक्षण पनि हुन सक्छ ।
यदि, कोही मानिसलाई रंगहरूलाई चिन्न पनि कुनै प्रकारको समस्या भइरहेको छ भने त्यो मधुमेहको सुरुआती लक्षण हुन सक्छ ।
कैयौं मानिसमा आँखामा स्पट्स तथा कालो दागजस्तो पनि देखिन थाल्छ । जसलाई मधुमेहको सुरुआती लक्षण मान्न सकिन्छ ।
कैयौंपटक मधुमेहको कारणले मानिसमा मोतिबिन्दु जस्तो खतरनाक बिमारीको सामना पनि गर्नुपर्ने पनि हुन सक्छ ।

प्रतिकृया दिनुहोस