बच्चालाई मह खुवाउनुका फाइदा तथा अपनाउनुपर्ने सावधानी


एजेन्सी ।
महमा पाइने औषधीय गुण बच्चादेखि जवान सबैका लागि फाइदाजनक हुन्छ । आज हामी यहाँ बच्चालाई मह खुवाउँदा हुने फाइदा र सावधानीका बारेका जान्नेछौं ।

विशेषज्ञहरुका अनुसार बच्चाको उमेर एक वर्ष पुगेपछि मात्र मह चटाउनु पर्छ । एक वर्ष भन्द्या पहिला मह खुवाउँदा बच्चालाई इन्फेक्शनको डर हुन्छ ।

यदी बच्चालाई खोकी तथा चिसो भएको छ भने उसलाई एक चम्चा मह खुवाउन सकिन्छ । महले यस्तो समस्यालाई कम गर्छ । महमा पाइने गुणले इम्युनिटीलाई पनि बुस्ट गर्छ । जसले गर्दा बच्चालाई मौसमी रोग तथा विमारीहरु हुनबाट जोगाउँछ ।

त्यस्तै महमा पाइने एन्टीफंगल तथा एन्टीब्याक्टेरियल गुणले साना बच्चामा हुने कब्जियतबाट छुट्कारा दिन्छ । बच्चालाई चोट लाग्दा घाउ हुन्छन् जसबाट बच्नका लागि बच्चालाई मह खुवाउन सकिन्छ । यसले समस्यामा राहत दिन्छ ।

बच्चाको हृदयको विकासका लागि मह एकदमै लाभदायक हुन्छ । यसको सेवनले मुटुसँग जोडिएका विमारी तथा समस्याहरु टाढा भाग्छन् ।

सावधानी
– शुद्ध मह मात्र खुवाउनुहोस् ।
– दिनमा दुई चम्चा भन्दा धेरै मह नखुवाउनुहोस् ।
– धेरै मात्रामा मह बच्चालाई खुवाउनु हुँदैन ।
– यदी कुनै एलर्जी छ भने विशेषज्ञको सल्लाह लिनुहोस् ।



प्रतिकृया दिनुहोस