डेंगु सङ्क्रमणबाट चितवनमा एक जनाको मृत्यु
चितवन,२६ साउन । चितवनमा डेंगु रोगको सङ्क्रमणका कारण बिहीबार एक जनाको मृत्यु भएको छ
हेटौँडा उपमहानगरपालिका वडा नं–१२, पदमपोखरीका ४१ वर्षीय एक पुरुष (नाम गोप्य राखिएको)को डेंगु सङ्क्रमणबाट उपचारका क्रममा मृत्यु भएको हो ।। उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा १ः२३ बजे मृत्यु भएको हो ।
डेंगु सङ्क्रमण पुष्टि भई साउन २३ गते चितवन मेडिकल कलेज भर्ना भएका पुरुष व्यक्तिको बिहीबार उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल राम केसीले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८०÷८१ मा डेङ्गुको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताए ।
पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ठेगना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको जानकारी दिए । चितवनका ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा डेङ्गुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो । जसमध्ये चार जना चितवनका थिए ।
प्रतिकृया दिनुहोस