वर्षातको बेला किन झर्छ कपाल ? जानौं सही कारण

एजेन्सी । वर्षातमा कपाल झर्ने समस्या तीव्र गतिमा बढ्न थाल्छ । जसका पछाडि कैयौं कारणहरु हुन सक्छन् ।

यसलाई ठिक गर्नका लागि तपाईंलाई उचित देखभाल तथा पौष्टिक आहारको आवश्यकता पर्दछ । आउनुहोस् जानौं वर्षात्को बेला कपाल किन तीव्र गतिमा झर्न थाल्छ । 

– वर्षात्को मौसममा वातावरणमा परिवर्तन हुन्छ जसले गर्दा कपाल भर्ने समस्या बढ्न सक्छ । यो वातावरणमा नमीको कारणले हुन्छ जसले कपाललाई कमजोर बनाउन सक्छ ।

– वर्षात्मा धुलो, वर्षाको पानी र नमीका कारणले कपालमा किटाणु र विषालु पदार्थ जान सक्छन् जसले कपालमा प्राकृतिक रुपमै नोक्सान हुन सक्छ ।

– मनसुनमा कपालमा एकदमै नमी र आद्रता बढ्न सक्छ, जसले कपालमा सुख्खापन आउने सम्भावना बढ्छ ।

– वर्षात्को बेला कपालको देखभाल गर्ने समय र तरिका पनि एकदमै अनियमित हुन्छ जसले कपालमा पोषणको कमी हुन्छ । पोषणको कमीले कपाल झर्ने सबैभन्दा ठूलो कारण हुन्छ ।

– त्यस्तै वर्षात्मा कपाल झर्नुको कारण स्काल्पमा हुने संक्रमण पनि हुन सक्छ । जसले कपालका जराहरु कमजोर हुन सक्छ ।

– यस्तो बेला प्राकृतिक तेल तथा कन्डीशनरको प्रयोग गर्नुहोस् । स्काल्पलाई स्वच्छ र स्वस्थ राख्नका लागि हेयर आयल तथा कोकोनट आयलको प्रयोग गर्नुहोस् ।


 



प्रतिकृया दिनुहोस