आँपको खिर खानु भएको छ ? छैन भने यसरी बनाउनुस्

काठमाडौं,१५ साउन । अहिले आँपको सिजन छ। आँप सबैको प्रिय फल पनि हो। नेपालमा धेरैथरीका आँप उत्पादन हुन्छन्। एसिया आँपका लागि धनी मानिन्छ। अफ्रिकामा पनि यसको राम्रो उत्पादन हुन्छ।

आँप हरियोमा अचार बनाएर खान, नुन खोर्सानीसँग खाँदाको मज्जा बेग्लैछ । पाकेपछि त यसको स्वादको व्याख्या गर्न सकिन्न ।

काँचो आपलाई सुकाएर पछि खाने गरि अचार राख्न पनि सकिन्छ ।आँपका विभिन्न परिकार बनाउन सकिन्छ। आज हामी तपाईँलाई आपको खिर बारे जानकारी दिन्छौं ।

चाहिने सामग्री : पाकेको आँप दुई पिस, भिजाएको  चामल दुई सय ग्राम, दुध एक लिटर, चिनी एक सय ५० ग्राम, हरियो सुकुमेल आधा चम्चा, कोरिएको बदम एक चम्चा, कोरिएको पिस्ता एक चम्चा।

विधि : ननइस्टिक प्यानमा दुध उमाल्ने र चामललाई राम्ररी पखालेर दुधमा ओइराउने। चामल राम्ररी पाक्न थालेपछि आगो कम गर्ने। त्यसपछि चिनी हाल्ने। सुकुमेलको धुलो, कोरिएको पिस्ता र बदाम पनि हालेर पकाउने। पाकिसकेपछि अन्त्यमा एक चमचा घिउ हाल्ने। 

राम्ररी पखालेर ताछेको आँपलाई खोयाविहीन हुने गरी छोडाउने र मिक्सचरमा ब्ल्यान्ड गर्ने र खिरमा हालिदिने। हल्का चिसो भएपछि कोरिएको पिस्ता र केसर हाल्ने। 

यो खिर अत्यन्त स्वादिष्ट र स्वस्थकर मानिन्छ। आँपको पूर्ण स्वाद आउने यो खिर भारत, नेपाललगायत विश्वका अन्य देशमा पनि खाइन्छ। आँपको खिर बिनाचामल पनि बनाइन्छ। दुधलाई लामो समय उमालेर बनाएको रबरीमा पाकेको आँप काटेर मिसाई यो खिर तयार पारिन्छ। 

प्रतिकृया दिनुहोस