गर्मी मौसममा स्वीमिंग पुलमा जानुअघि ध्यान दिनुपर्ने कुरा
एजेन्सी । गर्मी मौसममा पौडी खेल्न धेरैलाई मन पर्छ तर, स्वीमिंग पुलमा जानुअघि केही कुरामा ध्यान दिन एकदमै जरुरी हुन्छ । स्वीमिंग पुलमा जानुअघि कस्ता विषयमा ध्यान दिनुपर्छ ? आउनुहोस् जानौं ।
स्वीमिंग गर्ने क्रममा कयौंपटक तपाईंको मुख वा नाकबाट पानी शरीरमा जान सक्छ । जसले गर्दा पाचन तथा स्वासप्रस्वासको समस्या आउन सक्छ । त्यसैले सकेसम्म मुख वा नाकबाट पानी छिर्न नदिनुहोस् ।
स्वीमिंग पुलमा जानुअघि त्यहाँको पानी कस्तो छ त्यो पनि जाँच गर्नुहोस् । फोहोर पानीमा स्वीमिंग गर्दा धेरै प्रकारका स्वास्थ्य समस्या हुन सक्छन् ।
स्वीमिंग पुलमा जानुअघि त्यहाँको पानी कस्तो छ त्यो पनि जाँच गर्नुहोस् । फोहोर पानीमा स्वीमिंग गर्दा धेरै प्रकारका स्वास्थ्य समस्या हुन सक्छन् ।
गर्मीमा स्वीमिंग गर्ने प्रायः मानिस फंगल इन्फेक्शनको शिकार हुन्छन् । त्यसको कारण एउटै स्वीमिंग पुलमा धेरै व्यक्ति जानु हो । त्यसैले धेरै भिड भएको स्वीमिंग पुलमा जानबाट बच्नुहोस् ।
क्लोरिनको साइड इफेक्ट्सको कारणले पनि तपाईंको छालामा कयौं प्रकारका समस्या हुन सक्छन् । त्यसैले क्लोरिन कति मात्रामा राखेको छ वा आफूलाई त्यसको एलर्जी छ कि छैन बुझेर मात्र प्रवेश गर्नुहोस् ।
गर्मीमा धेरै समय कपाल भिजाइराख्दा टुक्रिने तथा झर्ने समस्या हुन्छ । त्यसैले कपाल तथा टाउकोलाई ढाक्नुहोस् । स्वीमिंग पुलको पानीले टाउको दुख्ने, स्काल्प चिलाउने जस्ता समस्या पनि हुन्छन् ।
प्रतिकृया दिनुहोस