आँखाको सरसफाई कसरी गर्ने ?


एजेन्सी ।
शरीर तथा अनुहारको मात्र नभएर हामीलाई आँखाको सरसफाई पनि एकदमै जरुरी छ । त्यसैले केही सजिलो तरिकाले आँखाको सरसफाई गर्न सकिन्छ । जसले गर्दा आँखासँग जोडिएका समस्या कम हुनुका साथै समस्या हुनबाट पनि जोगाउँछ ।

– आँखालाई नियमित सफा गर्नका लागि चिसो पानीको प्रयोग गर्नुपर्छ । आँखा हल्का बन्द गरेर चिसो पानीले छ्याप्ने गरेमा आँखामा भएको फोहोर बाहिर आउँछ ।

– कैयौं पटक तीव्र हावामा बाहिर हिँड्ने गर्दा आँखामा साना साना धुलोका कणहरु पस्छन् । त्यसैले आफ्ना आँखालाई तलमाथि दायाँ वायाँ तथा गोलाकारमा घुमाउने गर्दा आँखामा भएको फोहोर बाहिर आउँछ ।

–  घरमै बनाएको गुलाब जल एक थोपा आँखामा राख्न सकिन्छ । त्यस्तै कपासलाई गुलाब जलमा भिजाएर आँखाको माथि राख्ने गरेमा आँखाको फोहोर सफा हुन्छ । त्यस्तै दुखाई पनि कम हुन्छ ।

– आँखामा काँक्राको टुक्रा राखेर केहीबेर बस्ने तथा रसलाई आँखाको वरिपरि लगाउँदा पनि आँखाको स्वास्थ्य राम्रो बनाउन सकिन्छ । यसले आँखाको वरिपरिको भागलाई हाइड्रेट गर्ने काम गर्छ । जसले गर्दा आँखाको सुख्खापन पनि कम हुन्छ ।

– घरबाट बाहिर निस्कँदा जहिले पनि चश्मा लगाउने बानीले आँखालाई कैयौं समस्याबाट बचाउन सकिन्छ । आँखामा धुलो, माटो तथा प्रदुषणबाट बचाउनका लागि चश्मा एकदमै सहयोगी हुन्छ।

– आँखाभित्रको फोहोरलाई सफा गर्न तथा थाकेका आँखालाई आराम दिनका लागि हातले सेक्ने उपाय पनि एकदमै लाभदायक हुन्छ । त्यसका लागि दुईवटा हातलाई रगड्ने र तातो भएपछि हल्का रुपमा दुबै हातले आँखालाई सेक्ने गर्न सकिन्छ ।

– आँखाको फोहोर सफा गर्न तथा आँखालाई रिफ्रेस गरिराख्नका लागि आई ड्रपको प्रयोग गर्न सकिन्छ । त्यसका लागि सामान्य रिफ्रेस टेयर्स राख्न सकिन्छ वा डाक्टरको सहयोगबाट ल्याएको ड्रप राख्नु पर्दछ ।





प्रतिकृया दिनुहोस