आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस,विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
काठमाण्डाै,३ फागुन । आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ तारिखमा बाल क्यान्सर दिवस मनाउने गरिएको छ ।
नेपालमा बर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेका छन् । त्यसमध्ये एक हजार ५ सय बालबालिका रहने गरेका सरकारी तथ्याङ्क छ । बाल क्यान्सरको उपचारको पहुँचमा झण्डै एकतिहाइ बिरामी मात्रै पुग्ने गरेका डाक्टरले बताएका छन् ।
उपचारको पहुँचमा पुगेकामध्ये ८० देखि ९० प्रतिशतलाई निको पार्न सकिने पाटन अस्पतालमा कार्यरत बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर सुचारिका तुलाधरले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकामा हुने विशेष क्यान्सर भनेको रक्त क्यान्सर, आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् ।
अन्य क्यान्सर सबै मानिसमा उस्तै हुने डाक्टर तुलाधरले बताउनुभयो । बालबालिकाको आँखाको नानीमा सेतो फुलो देखिए, शरीरमा विभिन्न किसिमका गाँठागुठी देखिए, लोमो समयसम्म ज्वरो निको नभए, वान्ता भए क्यान्सरको आशंका गर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस