यति एयरको जहाज दुर्घटना परेका ७२ मध्ये ६९ को शव भेटियो

आइतबार बिहान पोखराको सेती खोंचमा  दुर्घटनामा परेको  एयरलाइन्सको जहाजमा सवार ६९ जनाको शव फेला परिसकेको छ। तीन जनाको शव अझै पनि अज्ञात छ। 

काठमाडौंबाट उडेको उक्त जहाज अवतरणका लागि अनुमति लिइसकेपछि विमानस्थलभन्दा दुई किलोमिटर पर दुर्घटनामा परेको हो।

६८ जना यात्रु सवार उक्त एटिआर जहाज पाइलट कमल केसीले उडाएका थिए। चालक दलमा कोपाइलट अञ्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आलेमगर थिए।

काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको 9N-ANC कल साइन भएको जहाज करिब ११ बजेतिर पोखरामा दुर्घटना भएको थियो।

काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा

जहाज पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा दुर्घटना भएको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकका अनुसार दुई इन्जिन जहाज दुर्घटनामा अहिलेसम्मकै धेरैको ज्‍यान गुमेको हो।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...