रहनुभएन गायक परियारका पिता <निवास भिमनगरमा नै काजक्रिया गरिदै
चितवन , ३ , कार्तिक राष्ट्रिय लोक गायन क्षेत्रका चर्चित गायक राजु परिवारलाई पितृशोक परेको छ। उहाँको को वुवा साविक चित्रवन नगरपालिका अन्तर्गतको चित्रवन लोकबाजा सस्कृती संरक्षण समितिका उपाध्यक्ष भरतपुर ३० निवासी मंगल सिं परियार गत असोज २० गते ७१ वर्षको उमेरमा दिवंगत हुनुभएको हो । आज बुधवार उहाँको निवास भरतपुर २० पूर्वि भिमनगर टुडिखेल मा गण्डकी प्रदेशका उर्जा , जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य , ईन्द्रेणी कार्यक्रमका सन्चालक कृष्ण कन्डेल लगायत विभिन्न कलकारहरु साथे चितवन जिल्ला राष्ट्रिय भूमी आयोग सदस्य लक्ष्मीकान्त दवाडी, सामाजिक व्याक्तित्वहरु सोम प्रसाद भन्डारी विण्णु ढकाल , जित बहादुर तमाङ्ग ,नेपाल रेडक्रस सोसाइटी गुञ्जनगर उपशाखाका सभापति हरिराज अर्याल, युवा समाजसेवी गुणराज पौडेल निमावि सूर्यनगर का सहायक प्रधानअध्यापक लगायतका विभिन्न महानुभावहरुले समवेदना प्रकट गर्नुभएको छ। दिवंगत परियारको २ श्रीमती, ६ छोरा र २ छोरी रहेका छन्। विगत ४ वर्ष देखि फोक्सोको समस्याले विरामी उहाँमा पछिल्लो समय फोक्सोमा क्यान्सर भएको थियो । आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको हो । लमजुङ जिल्ला बेसिशहर २ चिसापानीमा जन्मनुभएका उहाँ विगत २३ वर्ष देखि चितवनमा वस्दै आउन भएको आउन भएको थियो। उहाँको वैदिक विधि अनुसार अन्तिम सस्कारका कर्महरु गरिनुका साथै काजक्रिया गरिरहेको छ ।.
प्रतिकृया दिनुहोस