वेदलाई राष्ट्यि ग्रन्थ , सनातन हिन्दुराष्ट्र नेपाल घोषणा गरिनुपर्ने लगायतका माग राख्दै नारायणी किनारमा अनसन
नारायणगढ, २ ,असोज । श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आव्हानमा नारायणगढस्थित नारायणी नदी किनारमा हिजो असोज १ देखि आमरण तथा रिले अनसन सुरु भएको छ ।श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल भारद्वज आफै अनसन बस्नु भएको छ । उहाले सनातन हिन्दुराष्ट्र घोषणाका लागि दबाब दिन आमरण अनसन सुरु गर्नु भएको हो । उहा यस अघि पनि दुर्ई पटक आमरण अनसन बसि सक्नु भएको छ ।
तीव्ररुपमा धर्मान्तरण,संस्कार–संस्कृतिका सवालमा राज्य उदासिन बनेकाले दबाबका लागि अनसन सुरु गरिएको भारद्धाजले बताउनु भयो । भारद्धाजकै अगुवाईमा २०७६ देखि नारायणी नदी किनारमा महाआरतीहुदै आइरहेको छ । रिले अनसनमा सनातन संस्कृति संरक्षणका अभियन्ताहरु, सर्वसाधरणहरु समेत सहभागि हुन सक्नेछन् । अनसनको भारत गोरखपुरको नाथ अखडाका पिठाधिस शिवनाथ योगीले शुभारम्भ गर्नु भएको थियो । झापाका व्यासाचार्य किशोर गौतम, राष्ट गुरु योगी नरहरी नाथ मृगस्थली आश्रम काठमाण्डौका संरक्षक योगी बेघ्र बेधनाथ , आचार्य जगन्नाथ कँडेल, देवघाटधामका पिठाधिसहरु लगायतको सहभागिता रहेको थियो । राष्ट्रिय स्तरका ६ र स्थानीय स्तरका ३ सहित ९ सुत्रिय माग राख्दै अनसन सुरु गर्नु भएको हो ।
सनातन हिन्दुराष्ट्र नेपाल घोषणा हुनुपर्ने,वेदलाई राष्ट्यि ग्रन्थ घोषण गर सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने लगायतका मागहरु राखिएका छन् । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला १७ दिनसम्म भारद्धाज आमरण अनसन बस्नु भएको थियो ।
माग पुरा नहुदा सम्म अनसन जारी राख्ने भारद्धाजले बताउनु भयो ।
प्रिषद्ले यहि भाद्र १६ गते प्रधानमन्त्री कार्यालय काठमाण्डौमा र ३० गते जिल्ला प्रशासन कार्यालय चितवनमा आफना माग सहितको ज्ञापन पत्र बुझाई सकेको छ ।
प्रतिकृया दिनुहोस