ब्राह्मण सु सस्कार समाजको अध्यक्षमा पुनः हेमलाल
शारदानगर , २ असोज ।
पश्चिम चितवनको भरतपुर १७,१८,१९ का ब्राह्मणहरुको गुठी ब्राह्मण सु सस्कार समाजले आफ्नो प्रथम साधरणसभा एबं अधिवेशनबाट अध्यक्षमा पुनः हेमलाल वस्ताकोटी चयन हुनुभएको छ । शनिवार भरतपुर १९को राईनो पार्टी प्यालेस शारदानगरको सभाहलमा सम्पन्न सो साधरणसभा अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति र तीन सदस्यीय लेखा समिति चयन गरिएको हो । समाजको उपाध्यक्षमा मित्र प्रसाद सुवदी , सचिवमा कृण्ण खरेल , सहसचिवमा संगिता वस्ताकोटी र कोषाध्यक्षमा भानुभक्त अर्याल चयन हुनुभएको हो यसैगरि सदस्यहरुमा हेमन्त पन्डित , हेमराज उपाध्याय , सरला अर्याल , माहनीलाल घिमिरे , लक्ष्मी बस्याल सापकोटा , दुर्गा प्रसाद सापकोटा हिजो नै चयन हुनुभएको हो । समाजको लेखा समिति को संयोेजकमा बलराम कन्डेल, सदस्यहरुमा भने डेलराज अर्याल र हरिराज अर्याल चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा भरतपुर महानगर वडा १७ का सदस्य चेतराम गैरेको प्रमुख अतिथि रहनु भएको थियो । सो क्रममा प्रमुख अतिथिी गैरेले आफ्नो सस्कार सस्कृतिको संरक्षण सबै मिलेर गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा उहाँले पछिल्लो समयमा सबै जातविशेष समुदायहरु एकजुट हुने क्रम बढेकोमा खुशी व्यक्त गदै यसले आफ्नो सस्कारहरुको पुस्तान्तरणमा सहयोग पुग्ने बताउनु भयो । समाजका अध्यक्ष हेमलाल बस्ताकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजका लेखा संयोजक बलराम कण्डेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।समाजका भजन मन्डलीका संयोजक ढाकुर प्रसाद ढकालले स्वागत मन्त्वय दिनुभएको सो कार्यक्रम विशिष्ठ अतिथि ब्राहमण सुसस्कार समाज भरतपुर २६ का अध्यक्ष नारायण प्रसाद ढकाल रहनुभएको थियो । कार्यक्रममा सो साधरणभा तयारी समिति संयोजक भानुभक्त अर्याल ,कानुनी परार्मश संयोजक तुल्सीराम पान्डे , समाज सदस्य तेज प्रसाद बस्ताकोटी लगायतले बोल्नुभएको थियो । समाजले प्रत्येक एकादशीमा भजन किर्तन गर्ने , गुठीयारहरु का पुजाका , दुखका लगायतका कार्यक्रमहरुमा सहभागी हुने समेत बताइएको छ । सो समाजले आफ्नो कार्यलय निमार्णका लागि १६ धुर जग्गा किनिसकेको जनाएको छ । व्राहमण समुदायको हकहित , सस्कार सस्कृति संरक्षण गर्ने लगायतका उदेश्य राखि २०७४ सालमा समाज स्थापना गरेको समाजका सचिव कृण्ण खरेलले बताउनु भयो । समाजको आज नै नयाँ कार्यसमिति चयन गर्ने समेत सचिव खरेलले जानकारी गराउनु भयो ।
प्रतिकृया दिनुहोस