पानी खानुको यस्तो छ फाइदा

 

–चितवन , १६ ,भदौ । पानी  ,  वनस्पती ,प्राणीको लागि अत्यन्त आवश्यक तत्व हो । मानवको शरिरमा ५५ देखि ६० प्रतिशत पानीले ओगटेको हुन्छ । हामी निरोगी रहनको लागि प्रयाप्तमात्रामा पानी पिउनु पर्दछ ।पानी त्यसमा पनि मनतातो पानी खानु एकदैम फाइदाजनक हुन्छ । मनतातो पानीले शरीरलाई भित्रैदेखि सफा गर्छ। पाचन प्रक्रिया सही नहुनेले दिनमा दुई पटक मनतातो पानी खानुपर्छ। बिहानै  मनपानी खाँदा शरीरमा भएका विषाक्त तत्त्व बाहिर निस्किन्छन्। जसले गर्दा पाचन प्रक्रिया सही रहन्छ। तातो पानीमा कागती र मह मिसाई खाँदा झन् फाइदा हुन्छ।

–कब्जियतको समस्या भएकाहरूले  मनपानी खाँदा फाइदा हुन्छ। हरेक बिहान एक गिलास तातो पानी खाँँदा शरीरलाई फाइदा पुग्छ।

–बिहान र हरेक पटक खाना खाइसकेपछि एक गिलास तातो पानीमा कागती र मह मिसाई खाँदा शरीरमा भएको बोसो घट्छ। कागतीमा भएको तत्त्वले पटक–पटक भोक लाग्न दिँदैन।

–चिसोले घाँटी दुख्दा तातो पानी खानुपर्छ। त्यसमा अलिकति नुन मिसाएर खाँदा अझै लाभ मिल्छ।

–महिनावारीका बेला कतिपय महिलालाई पेट दुख्ने समस्याले सताउँछ। त्यसो हुँदा तातो पानीमा सुकुमेलको धुलो मिसाई खानुपर्छ। त्यसले पेट दुखाइमा मात्र राहत दिँदैन, टाउको दुख्दा पनि आराम महसुस गराउँछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...