आज साउनको अन्तिम सोमबार।
काठमाडौं: आज साउनको अन्तिम सोमबार। बिहानैदेखि पशुपतिनाथ मन्दिर ,देवघाटधाम,लगायत देशभरिका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ। पशुपतिनाथ मन्दिरमा पनि भीड लागेको छ।
बिहान ३ बजेबाट खुला पशुपतिनाथ मन्दिरमा महिला भक्तजनको भीड बढी देखिन्छ। साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा–आराधना गरेमा मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ। कति भक्तजन भने भजनकीर्तनसहित नाचगान गरेर रमाइलो गरिरहेका छन्।
विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले यो व्रत साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन्।
त्यसैगरी नेपालकै प्रसिद्ध देवघाटधाममा पनि आज विहानै देखि भिडभाड देखिएको छ । कालीगण्डकी संगममा स्नान गरि देवघाटधाममा धार्मिक कार्यमा सहभागी हुने हरुको आज विहानै देखि बाक्लो उपस्थिति रहेको छ ।श्रदालुहरु आज नै पुजाआजा गरि व्रत समापन गर्ने गर्दछन् । यसपटक साउनमा ५ वटा सोमवार परेको थियो । व्रत उपाशनाका लागि ५ वटा सोमवार महत्वपूर्ण मानिने गरिन्छ । विगतका वर्षहरुमा कोरोनाका कारण पनि शिवालयहरु लगायत धामहरुमा मेलाआयोजना भएका थिएनन् । यसपटक भने यसै साउनको सोमवारको अवसर पारेर विभिन्न मेलाहरु आयोजना गरिएको थियो
प्रतिकृया दिनुहोस