मुक्तिनाथबाबाले गर्नुभयो देवघाटमा निमार्णाधिन मुक्तिनाथ अतिथि सदन र गौधर्मशालाको अवलोकन
भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित देवघाटमा रु १ करोड ६७ लाखको लागतमा सो गौ धर्मशालामा देवघाटमा खुल्ला छोडीएका गाईहरु आउन थालेको गौ धर्मशाला भवन निमार्ण समितिका अध्यक्ष तोयानाथ पौडेलले बताउनु भयो । “धर्मशाला” निर्माण सम्पन्न गरिएको छ । ९ धुर जग्गामा तीन तले भवन निर्माणको काम सम्पन्न भएको हो । बागमती प्रदेश सरकारको रु ८० लाख र भरतपुर महानगरपालिकाको रु ८७ लाखको लगानीमा सो भवन निर्माण गरिएको हो । सो भवनमा तीन सभाहल सहित ९ वटा कोठा रहेको सो भवनमा एक पटकमा ६० जना सम्म बस्न मिल्ने गरि भवन निर्माण गरिएको हो । सो भवनमा अतिथिहरुलाई निशुल्क बस्ने व्यवस्था गरिएको भवन निर्माण समितिका संयोजक नारायण प्रसाद गौतमले जानकारी दिनुभयो । दुई बर्ष अगाडी निर्माण काम सुरु गरिएको हो । यस सदनमा भान्छा कोठाको छुट्टै व्यवस्था गरिएको छ । अखण्डज्योती बाबा श्री च्यारिटेवल ट्रष्ट अन्तर्गत रहेको भवनको ट्रष्टका संरक्षक समेत रहनु भएका स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबाले अबलोकन निरिक्षण गर्नुभएको छ । सो भवन निर्माणको निरिक्षण पछि उहाँले सुबिधिा सम्पन्न भवन नर्मिाण भएकोमा खुशि व्यक्त गर्नु भयो । धार्मीक पर्यटकीय क्षेत्रको रुपमा रहेको देबघाटमा आउने भक्तजनहरुलाई लक्षित गरेर धर्मशाला निर्माण गरिएको बागमती प्रदेश सभा सदस्य गिता वाग्लेले बताउनुभयो । अनुगमका क्रममा ट्रष्टका संरक्षक मुक्तिनाथ बाबाले देवघाटमा निर्माण गरिएको गण्डकी गोपाल गौशालाको समेत निरिक्षण अबलोकन गर्नुभएको थियो । सो गौशालाका लागि बागमती प्रदेश सरकारले रु १० लाख बिनियोजन गरेको हो ।सो गौ धर्मशालामा देवघाटमा खुल्ला छोडीएका गाईहरु आउन थालेको गौ धर्मशाला भवन निमार्ण समितिका अध्यक्ष तोयानाथ पौडेलले बताउनु भयो ।
प्रतिकृया दिनुहोस