भक्तपुरमा साउन २६जनैपूर्णिमा र गाईजात्रा २७ गते गाईजात्रा मनाइने

भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते र सापारू (गाईजात्रा) साउन २७ गते मनाइने भएको छ।

यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले अन्यौल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजूका पुजारीहरूसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो।

भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्यौल उत्पन्न भए तलेजूमा जुन दिन मनाइन्छ, सोहीअनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन छ। तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजूका मूल पुजारी राजोपाध्याय एवं पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाइन्छ।

सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजूका मूल पुजारी र पुजारीहरूसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निष्कर्षमा पुगेको जनाउँदै सोहीअनुसार गर्न सर्वसाधारणलाई आग्रह गर्दै सूचित गरेको हो।सेतोपाटीबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...