नेपालमालोकप्रिय बन्दै विद्युतीय चुलो

 
काठमाडौ ,३ ,साउन । 

नेपालमा विद्युत् आपूर्तिमा सुधार र पेट्रोलियम पदार्थमा बढ्दो मूल्यवृद्धिका कारण विद्युतीय चुलोको प्रयोग सहज हुन थालेको सम्बद्ध विज्ञ तथा विक्रेताले बताएका छन्।

सन् २०१५ को इन्धन सङ्कटका समयमा नेपालका धेरै भान्छामा प्रवेश पाएको विद्युतीय चुलोको लोकप्रियता बढ्दै गएको उनीहरूको ठहर छ।

 

ऊर्जा अध्ययन केन्द्रले ग्यासको तुलनामा विद्युतको प्रयोगले खाना बनाउँदा झन्डै आधा सस्तो पर्ने आफूहरूको अध्ययनले देखाएको जनाएको छ।

इन्डक्सनबाट खाना पकाउँदा ग्यासभन्दा ६० प्रतिशतसम्म सस्तो पर्नुका साथै एक तिहाइ कम समयमा पाक्ने अध्ययनहरुले देखाएका छन्। तर इन्डक्सन ग्यासको विकल्प हुनसक्ने अवस्था र आधारहरु हुँदाहुँदै पनि नेपाली उपभोक्ता खाना पकाउने आधुनिक माध्यमप्रति ढुक्क हुन भने सकेका छैनन्।

गाउँ गाउँसम्मका नेपालीका भान्सामा खाना पकाउने इन्धनका रुपमा दाउराबाट ग्यासमा परिणत हुन केही दशक मात्र लागेको भए पनि विद्युतीय चुलोको प्रयोग अहिलेसम्म ठुला शहर-बजारका सीमित घरपरिवारसम्म मात्र छ। विद्युतीय चुलो किन्न र बिजुलीबाट खाना पकाउन महँगो पर्ने आम बुझाइकै कारण अहिले नेपालको ग्रामीण क्षेत्रसम्मै विद्युतीकरण करिब ९०% भइसकेको अवस्थामा समेत नेपालीका भान्सामा ग्यासको विकल्प विद्युतीय चुलो (इन्डक्सन कुकिङ प्लेट) हुन नसकेको हो।ही  वर्षअघिसम्म माग असाध्यै कम हुँदा न्यून आपूर्तिका कारण १२ हजार रुपैयाँभन्दा कम मूल्यमा  विद्युतीय चुलो लगभग पाइँदैनथ्यो भन्दा फरक पर्दैन। अहिले दुई हजार रुपैयाँ हाराहारीदेखिका विद्युतीय चुलो बग्रेल्ती बजारमा पाइन्छन्। मध्यम खालको इन्डक्सन पनि पाँच हजार रुपैयाँ हाराहारीमा आरामले पाइन्छ।

 

सरकारले यस आर्थिक वर्षको बजेटमा 'एक घर, एक विद्युतीय चुलो अभियान' चलाउने घोषणा गरेको थियो।

 

 

प्रतिकृया दिनुहोस