महानगरद्धारा सरकारी बिद्यालयलाई बस हस्तान्तरण चितवन

असार, २८ ,भरतपुर  ।  भरतपुर महानगरपालीकाले सामुदायीब विद्यालयहरुको स्तरउन्नती गर्ने योजना अनुरुप भरतपुर महानगरपालिकाका २ वटा बिद्यालयलाई बस हस्तान्तरण गरेको छ । भरतपुर १६ को ढड्डाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई महानगर मेयर रेणु दाहालले आज एक समारोहका बीच बसको चाबी हस्तान्तरण गर्नुुभएको हो । मेयर दाहालले बस हस्तान्तरणको कार्यक्रमलाई वर्षेनी निरन्तरता दिइने पनि उल्लेख गर्नुभयो । हस्तान्तरण गरिएको एउटा बसको मुल्य २१ लाख ४५ हजार रुपैयाँ पर्दछ । विद्यालयबाट टाढा रहेका विद्यार्थीहरुका लागि बस प्रयोग गर्ने व्यवस्था मिलाउदै सबै बिद्यार्थीहरुलाई शिक्षामा आकर्षण गर्न यस किसीमको कार्यक्रम महानगरले सुरु गरेको हो । महानगरपालिकाकले अघिल्लो आर्थिक वर्षमा भरतपुरका विभिन्न ५ वटा विद्यालयलाई बस हस्तान्तरण गरेको थियो । बस हस्तान्तरण कार्यक्रममा मेयर दाहालले विगत ५ वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको बताउनु भयो । पूर्वाधारभित्रको पूर्वाधार शिक्षा भएकाले सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धिको लागि महानगरले विभिन्न कार्यक्रमहरु गरी सामुदायिक विद्यालयतर्फ आर्कषण बढेको उल्लेख गर्नुुभयो । ‘पाँच वर्षमा ७ हजार विद्यार्थी सामुदायिक विद्यालयमा बढे’उहाँले भन्नुभयो,‘यो भनेको गुणस्तरमा वृद्धि हुनु हो । अझै यो संख्या बढेर जान्छ । छात्रालाई साईकल वितरण, विद्यालयलाई बस हस्तान्तरण, गरिब विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थियौ । विद्यालयका आधुनिक भवन निर्माण पनि भएका छन् ।’ महानगरपालिकाले एक वडा एक नमुना विद्यालय निमार्णको लक्ष्यका लिएकाले विद्यालयहरु बीच शैक्षिक प्रतिस्पर्धा कायम भई शैक्षिकक गुणस्तरमा वृद्धि हुने मेयर दाहालले दाबी गर्नुभयो ।

प्रतिकृया दिनुहोस