जिल्लाका प्रमुख व्यक्तिहरुले यो मठमा पूजा गरेपछि बर्षा हुने जनविश्वास रहेको छ । यही विश्वासको आधारमा प्रत्येक बर्ष यहाँ जिल्लाका प्रमुख व्यक्तिहरुले पूजा गर्दै आएका छन् ।
मठमा विधिवत पूजा गरेपछि पानी पर्ने जनविश्वास रहेकाले जनताको भावनालाई बुझेर यो पूजापाठ गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।भेडिया मठ बाबा वनखण्डीको प्रसिद्ध समाधिस्थल हो । वर्षाको मौसम आरम्भ भइसकेपछि पनि पानी नपर्दा वा सुख्खा खडेरी पर्दा वा पानीका लागि त्राहि त्राहिको स्थिति हुँदा वर्षा होस् भनेर इन्द्र देवताको पूजा गर्ने चलन द्वापर युगदेखिकै छ । वर्षालाई आवाहन गर्दै पहाडमा भ्यागुतोको बिहे गर्ने, मधेशमा जटजटिन खेल्ने सामाजिक चलन पनि छ । यसैगरी सप्तरीमा समयमा वर्षा नहुँदा भेडिया मठमा सरकारी स्तरबाटै पूजा गर्ने चलन छ । भेडिया मठको पूजाका लागि सरकारी बजेट नै खर्च गरिन्छ । उक्त पूजामा जिल्लाका प्रमुख सरकारी अधिकारी तथा जनप्रतिनिधिहरू समेत सरिक हुन्छन् ।
प्रतिकृया दिनुहोस