टिकटकमा प्राप्त उपहार रकमबाट आश्रमका बटुकहरुलाई वस्त्र


गैडाकोट ,११ ,अषार । गैडाकोट १० नवलपुरमा रहेको श्री शिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रमद्वारा सञ्चालित श्री योगी नरहरिनाथ अध्यात्म विज्ञान गितापाठशालामा अध्ययनरत बटुकहरुलाई टिकटकमा प्राप्त भएको उपहार स्वरुपको रकमबाट वस्त्र सहयोग प्राप्त भएको छ । भर्खर स्टाफ नर्स अध्यन सक्नु भएकी भरतपुर १६ शरणपुरकी सिमरन  दवाडी सो सहयोग गर्नुभएको हो । गायन प्रतिभा हुनुभएको सिम्रोनले टिकटकमा आफुले गाएको गीत का लागि पठाउनु भएको उपहार स्वरुपको रकम जम्मा गरेर बटुकहरुको लागिे दौरा, सुरवाल, घोती टोपी र टि सर्ट लगायतको ४० हजार बरावरको वस्त्र सहयोग गर्नुभएको हो । उहाँले आफु पढ्दै गरे पनि गायन प्रतिभाबाट पाएको उपहार स्वरुपको रकम बटुकहरु का लागि सहयोग गर्न पाएको खुशी व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो “ मैले टिकटकमा पाएको पहिलो उपहार स्वरुपको रकम यस्तो पुण्य ठाउँमा सहयोग गर्न पाउदा सार्है खुशी छु ”। उहाँले पहिलोपल्ट टिकटकमा पाउनु भएको संकलित रकम सबै सहयोग गर्नु भएको हो ।सो अवसरमा उनले फूलको आखैमा फूलै संसार मन्ने गीत पनि गाउनु भयो । 
आश्रमका अध्यक्ष मनोहरि कण्डेलको अध्यक्षता, उपाध्याक्ष भगवति कण्डेलको स्वागत मन्तव्य तथा बटुकहरूको स्वस्तीवाचन र वैदिक मन्त्रोच्चारणवाट सुरुभएको उक्त वस्त्र वितरण समारोहमा सिम्रोन दवाडीका हजुर बुबा चुडामणि दवाडी, सानोबुवा कर्णकुमार दवाडी ,आमा सावित्री दवाडीले लगायतले आफ्नो सन्तानको सहयोग भावनाले परिवारल नै गर्विलो भएको भनाई राख्नु भयो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति नवलपुरका सदस्य एवं आश्रम कोषाध्यक्ष लिला पौडेलले विधार्थी सिम्रोन दवाडीको सहयोग स्तुत्य रहेको भन्नुहुदै युवापुस्ता सत्मार्गमा लाग्न यस्तो अभियानले सहयोग पुग्ने भनाई राख्नु भयो । साथै उहाँले ै गुरुकुल सञ्चालनका सबैको सहयोग निरन्तर आवश्यक र आफुपनि लागिरहने प्रतिवद्धता व्याक्त गर्नुभयो ।
् श्री योगी नरहरिनाथ अध्यात्म विज्ञान गितापाठशालामा अध्ययनरत बटुकहमलाई भरतपुर १६ शरणपुर निवासी सामाजिक
आश्रमका अध्यक्ष श्री मनोहरि कण्डेलको अध्यक्षता, उपाध्याक्ष भगवती कण्डेलको स्वागत मन्तव्य तथा बटुकहरूको स्वस्तीवाचन र वैदिक मन्त्रोच्चारणवाट सुरुभएको उक्त पोषाक वितरण समारोहमा सिम्रोन दवाडीका हजुर बुबा चुडामणी दवाडी, सानोबाबा कर्णकुमार दवाडी आमा सावित्री दवाडीले शुभकामना मन्तव्य राख्नुभयो । जिल्ला समन्वय समिति नवलपुरका सदस्य श्री लिला पौडेलज्युले प्रमुख आमन्त्रित व्यक्ति को तर्फवाट सवैलाई विशेष धन्यवाद दिनुहुदै गुरुकुलको स्यामित्वका लागि निरन्तर लाग्नुपर्ने र आफुपनि लागिरहने प्रतिवद्धता व्याक्त गर्नुभयो । सो गुरुकुलमा हाल कक्षा ६ र ७ मा २१ जना बटुकहरुले अध्यन गरिरहेका छन् ।दाताहरुको सहयोग बाट नै सो गुरुकुलका प्राचार्य योगी खेचरनाथले गूरुकुलका बटुकहरु अध्यन अध्यापन का साथै आवासिय व्यवस्था गर्न सकिएको बताउनु भयो । उहाँले सबै बालबालिकालाई सस्कृत शिक्षा अध्यन गर्ने अधिकार भएको भन्दै भाषाको जननी सस्कृत शिक्षाको संरक्षणमा टेवा पुगोस भन्ने हेतुले नै समावेशी गुरुकुल सञ्चालन गरिहेको भनाई राख्नुभभयो ।

प्रतिकृया दिनुहोस