‘यो वर्ष कुकुर तिहार विश्वभर मनाउन आग्रह गर्र्दै काठमाडौ महानगरपालिका मेयर बालेन

अषार ,१०, काठमाडौ।  गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डल र काठमाडौ महानगरपालिका मेयर बालेन  शाहबीच  विहिवार भेटवार्ता भएको छ ।

भेटको क्रममा मेयर शाहले काठमाडौंको कला–संस्कृति, सम्पदालाई विश्व सञ्जालमा चिनाउनको निमित्त संघलाई आग्रह गरेका थिए । त्यस्तै ‘कुकुर तिहार’ लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न पनि उनले आग्रह गरेका थिए ।काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओसँग भेटवार्ता का क्र्रममा पनि कुकुर तिहार पर्व मनाउन आग्रह गरेका छन् । उनले राजदुत सगँ जेठको अन्तिमा साता भएको भेटमा यस्तो आग्रह गरेका हुन् ।उनले राजदूत बोरबाओसँग नेपालको कला र संस्कृति फ्रान्स लगायत विश्वभर प्रबर्द्धन गर्न चाहेको बताएका छन् । उनले यो वर्षको कुकुर तिहार पर्व विश्वभर मनाउने योजनामा रहेको बताएका छन् । सो पर्वमा फ्रान्सेली जनता पनि सहभागी गराउन उनले आग्रह गरेका छन् ।।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...