प्रजातान्त्रिक योद्धा शैलजाको स्मृतिमा दीप प्रज्वलन
स्मृतिमा
चितवनः प्रजातान्त्रिक योद्धा शैलजा आचार्यबाट असल नेतृत्वका लागि पाठ सिक्नु पर्ने समय आएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । शैलजा स्मृति प्रतिष्ठानले प्रजातान्त्रिक योद्धा शैलजा आचार्यको स्मृतिमा आज यहाँ आयोजना गरेको दीप प्रज्वलन सहितको स्मृति सभामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । शैलजा आचार्य स्मृति प्रतिष्ठान केन्द्रिय कार्यालय भरतपुर ५ तोरीखेतमा १३ औ स्मृति दिवस कार्यक्रम सहभागीहरुले असल नेतृत्व बाट मात्रै राष्ट्र अघि वढ्न सक्ने बताएका थिए ।
कार्यक्रममा प्रतिष्ठानको बरिष्ठ उपाध्यक्ष पार्वती शाहले स्वर्गिय शैलजा आचार्य निष्ठावान, निडर र साहाशी महिला नेता भएको स्मरण गर्दै उहाँले देखाएको मार्गमा सदैब लागीरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शैलजा आचार्यबाट असल नेतृत्वको पाठ सबैले सिक्नुपर्ने भन्दै नेपाली राजनीतिमा आचार्य प्रेरणाको श्रोत भएको बताउनु भयो ।कार्यक्रममा उपस्थित नेपाल महिला संघ केन्द्रीय नेता छली कुमारी शर्माले नेपालमा प्रजातन्त्तित्रक आन्दोलनमा स्व नेता आचार्यको ठुलो भूमिका रहेको भन्दै उहाँको योगदानको सदैव कदर हुनुपर्ने बताउनु भयो
कार्यक्रममा प्रतिष्ठानका महासचिव पुर्ण प्रसाद गौडेलले देशको बिकासका लागि शैलजा जस्ता निष्ठावान, निडर र साहाशी नेतृत्वको आबश्यक रहेको बताउनुभयो । अहिले देशलाई निष्ठाको खाँचो रहेको उहाँको भनाई थियो । सो अबसरमा प्रतिष्ठानको सचिव बिष्णु प्रसाद शर्मा, , नेपाल पत्रकार महासंघका सचिव सृजना अर्याल लगायतको देशको बिकास र देशमा हुने हरेक कार्यका लागि निडर र साहाशी नेतृत्व आबश्यक रहेको बताउनुभयो । देशका लागि निष्ठावान, निडर र साहशी नेतृत्व दिन सक्ने नेतृत्वमा हुनु पर्ने उहाँहरुको भनाई थियो ।
नेता आचार्यको २०६६ साल जेठ २९ गते निधन भएको थियो । उहाँ नेपालको पहिलो महिला उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसको पहिलो महिला पूर्व उपसभापति हुनुहुन्थ्यो । वि.स २०१७ सालमा राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारलाई अपदस्त गरेको थियो । सो को विरोधमा उहाँले सरकारको प्रजातान्त्र दिवस मनाउने कार्यक्रममा कालो झन्डा देखाउनु भएको थियो । जसले गर्दा उहाँलाई साहाशी महिला नेताको रुपमा लिने गरिएको छ ।
प्रतिकृया दिनुहोस