सीताराम मन्दिर देवघाटधामको पीठाधीशमा रामशरण दासजी महाराज
श्रीराम जन्मभूमी तीर्थक्षेत्र न्यासका अध्यक्ष पुज्य महन्थ नृत्यगोपाल दास महाराज अस्वस्थाको कारण उहाँको उतराधिकारी महन्त १००८ स्वामी श्री कमलनयन दासजी महाराजको उपस्थित रहेको थियो ।
देवघाटधामस्थित सीताराम मन्दिर देवघाटधामको पीठाधीश पदमा रामशरण दासजी महाराज नियुक्त भएका छन् । मंगलवार भव्य कार्यक्रमबीच रामशरण दासजी महाराजको पदाभिषेक गरिएको हो । मणिराम दास छावनी अयोध्याका महन्त श्री कमलनयन दासजी महाराजको प्रमुख आतिथ्य परमानन्द संस्कृत गुरुकुल विद्यापीठका पूर्वछात्र रामशरण दासजी महाराज (विनायक रेग्मी)ले पदभार ग्रहण गरेका हुन् । श्रीराम जन्मभूमी तीर्थक्षेत्र न्यासका अध्यक्ष पुज्य महन्थ नृत्यगोपाल दास महाराज अस्वस्थाको कारण उहाँको उतराधिकारी महन्त १००८ स्वामी श्री कमलनयन दासजी महाराजको उपस्थित रहेको थियो । । त्यही आचार्य तहको अध्ययन सिद्ध्याएका रामशरण दासजी भारतका विभिन्न विश्वविद्यालयमा उच्च तहको अध्ययन गरेका छन् । उनि अहिले पिएचडीको तयारीमा रहेका छन् । पढाइको सिलसिलामै रहेका कारण पीठाधीश सम्हालेको रामशरण दासजी महाराज भगवान श्रीरामको जन्मभूमि अयोध्या नै फर्किएका छन् । देवघाटधामस्थित देवघाटधामहरुमा रेखदेख मणिराम दास छावनी अयोध्याको जिम्मामा हुँदै आएको छ । सो पिठका सस्थापक वलरामदास महाराजको दिबंगत पश्चात् उहाँको छोरी भगवती दासी वैश्वणीबाट आश्रमको रेखदेख हुँदै आएको छ। उहाँ पनि वृद्धा भईसक्नु भएको छ। पढाइ र योगविद्या समापनसँगै केही वर्षपछि नेपाल फर्किएर लोकमा सुख, शान्ति र मानव कल्याणको लागि अहोरात्र खटिने बताइएको छ । नेपालको लागि उनी नौलो होइनन्, केही वर्ष जगद्गुरु रामानन्दाचार्य सेवापीठमा बिताएका थिए । आश्रमको पिठाधिश चयन भएसगै , आश्रम संरक्षण र सञ्चालनमचा सहजता हुने आश्रम सञ्चालक समितिका सचिव युगनाथ लामिछानेले बताउनु भएको छ ।देवघाट धाम नेपालको एक पवित्र धार्मिक स्थल हो । गण्डकी प्रदेशको तनहुँ, चितवन, नवलपरासी तीनै जिल्लाको संगमस्थल देवघाट धामको आफ्नै विशेषता छ । देभघाटधाम नारायणगढदेखि करिव ४ कि.मि उत्तर तर्फ रहेको छ ।
प्रतिकृया दिनुहोस