निवृत्त शिक्षक समाज केन्द्रिय अध्यक्षमा धार्मिक अगुवा अर्यालको नेतृत्व

 

निवृत्त शिक्षक समाज केन्द्रिय अध्यक्षमा वैदिक धर्म परिषद्का केन्द्रिय उपाध्यक्ष घुबराज शर्मा अर्याल
चयन भएका छन् ।  समाजको गत फागुन २८ गते काठमाडौमा भएको
चौथा राष्ट्रिय आधिवेशनबाट अर्याल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।यस अघि शर्मामा समाजको वरिष्ठ उपाध्यक्षमा थिए । चौथो अधिवेशनबाट अध्यक्ष सहित ३३ सदस्यीय नयाँ कार्यसमिती पनि निविरोध चयन भएका छन् । आगामी ३ वर्षका लागि उनीहरु चयन भएका हुन् । नवनिवार्चित समितिको वरिष्ठ उपाध्यक्षमा तोयनाथ लामिछाने, महिला उपाध्यक्षमा मीरा प्रधान, प्रदेश १, , मधेश प्रदेश उपाध्यक्षमा दुर्गा प्रसाद दाहाल, ,बाग्मती प्रदेश उपाध्यक्ष चुड़मणि देवकोटा , गण्डकी प्रदेश उपाधक्षमा गैहेन्द्रराज विष्ट, लुम्बीनी प्रदेश उपाध्यक्षमा शंकर दिवस मजगंैया , ,सुदुर पश्चिम् प्रदेश उपाध्यक्षमा महेन्द्र सिंह बम ,महासचिवमा ईश्वर वहादुर श्रेष्ठ ,सचिवमा अभिमन्यु गौतम,सचिव महिलामा अञ्जु श्रेष्ठ ,कोषाध्यक्षमा खिमकान्त पराजुली,सह कोषाध्यक्षमा मनहरि पौडेल निर्विरोध चयन गरिएको छ । यसैगरी केन्द्रिय सदस्यहरुमा बलराम श्रेष्ठ ,रमाकान्त यादव, शिवनन्दन यादव, गुणराज गौतम,शालिक ग्राम अर्याल ,राम शिख्वा, यज्ञराज ढुङ्गेल, तिर्थराज रिमाल, अंगराज घिमिरे , हरि प्रसाद शर्मा लामिछाने, गोविन्द न्यौपाने,बलराम यादव,अम्ब दत्त जोशी, मदन कुमार जोशी, टेक बहादुर के.सी., जनक लाल श्रेष्ठ , लोकेन्द्रकुमार थापा, सुर्यनाथ अधिकारी, विष्णा शर्मा पौडेल र सपना खरेल शिवाकोटी चयन भएका छन् त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमा को प्रमुख आतिथ्यता एवं समाजका केिन्द्रय अध्यक्ष चुडामणि शर्मा कट्टेलको सभाध्यक्षतामा सो अधिवेशन सम्पन्न,भएको थियो । समाजमाको २०५७ सालमा स्थापना भएको थियो । समाजका ५१ जिल्लामा शाखा विस्तार भएको छ ।

प्रतिकृया दिनुहोस