सनातन विद्वत् परिषद नेपालको आयोजनामा विद्वगोष्ठी

 
फागुन २३ काठमाडौ । सनातन विद्वत् परिषद नेपालको आयोजनामा । गत  शनिबार नेपाल वेद विद्याश्रम श्रीपशुपतिनाथ परिसर वनकालीमा एक विद्वगोष्ठी सम्पन्न भएको छ । परिषदका अध्यक्ष प्रा डा दीर्घराज घिमिरेको सभापतित्व र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपस्थित विद्वज्जनलाई परिषद सदस्य प्रा डा देवमणि भट्टराईले मन्तव्यद्वारा स्वागत सत्कार गर्नुभएको थियो भने परिषद सदस्य पं रामकृष्ण उपाध्यायले कार्यक्रमको विषय र उद्देश्य उपस्थापन गर्नुभएको थियो । गोष्ठीमा वैदिक सनातन धर्मको मूलस्वरुप नामक प्रस्तावित ग्रन्थको अवधारणापत्र प्रा डा आनन्द घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने अवधारणा पत्रमा टिप्पणी सहप्रा डा माधवप्रसाद पाण्डेयले गर्नुभएको थियो ।
गोष्ठीमा विद्वान श्री हिरामणी तिमिल्सिना, श्री चिन्तामणी पोख्रेल,श्री चिरञ्जीवी भट्टराई, प्रा कोषराज न्यौपाने, पं कृष्णप्रसाद खनाल, श्री यादबप्रसाद गर्तौला, प्रा भवानीप्रसाद खतिवडा, श्री अरुणकुमार पाण्डेलगायतले आआफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रमको संचालन उप प्रा सुदर्शन नेपाल ज्यूले गर्नुभएको थियो। कार्यक्रममा सनातन धार्मिक क्षेत्रका विभिन्न विषयका विद्वानहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस