मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज

१३ फागुन, काठमाडौं। नेपाल संस्कृत विश्व विद्यालय (नेसंवि) ले जनकपुरस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेज गरेको छ ।

मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको स्नातक तह बीएएमएसको सम्बन्धन खारेज गरेको हो ।

विश्वविद्यालयको कार्यकारी परिषदको माघ ११ गतेको बैठकको निर्णय नम्बर १३७ अनुसार सम्बन्धन खारेज गरिएको डिन कार्यलयले जनाएको छ ।

‘नेपाल संकृत विश्वविद्यालयअन्तर्गत आयूर्वेद स्नातक तह बीएएमएस सञ्चालन गर्न सम्बन्धन प्राप्त मिथिला मेडिकल कलेज तथा अनुसन्धान केन्द्र, जनकपुरको सम्बन्धमा नेसंविको कार्यकारी परिषद्को माघ ११ गतेको बैठकको निर्णय नम्बर १३७ अनुसार सम्बन्धन खारेज गरिएको छ,’ सुचनामा उल्लेख छ ।उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुको हकमा नेपाल संस्कृत विश्वविद्यालयको आंगिक केन्द्रीय आयुर्वेद विद्यापीठ दाङमा बाँकी अध्ययन पूरा गर्ने व्यवस्था मिलाइएको डीन कार्यलयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...