सकियो विश्व हिन्दु युवा संघको राष्ट्रिय भेला
फागुन १० देवघाटधाम चितवन ।ऐतिहासिक भूमि भरतपुर १ वागिश्वरी धाम देवघाटमा आइतवारदेखी शुरु भएको विश्व हिन्दू यूवा संघको राष्ट्रिय भेला सोमवार सकिएको छ ।। सो भेलाको विश्व हिन्दु महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो । सो क्रममा उहाँले नेपालको मौलिक ज्ञान र संस्कृति हराउदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो। युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहको अध्तक्षतामा भएको सो भेला विशेषत हिन्दु यूवा संघको अभियार्न पञ्चभाषा विश्वविद्यालय केन्द्रीकृत गर्ने गरिएको बताइएको छ। राष्ट्र गुरु योगीनरहरिनाथको पहलमा २०३८ सालमा नै पन्चभाषा विश्वविद्यालय अभियान शुरु भएको बताउदै अध्यक्ष शाहले यो भेलावाट त्यस अभियानलाई दु्रत गतिमा अगाडि बढाउने बढाउने बताउनु भयो ।गोरक्षनाथ , गाई ,गाजा र ज्ञान नेपाल को पहिलो आधार भन्ने नाराका साथ शुरु भएको सो भेलाको उद्धाटन सत्रमा गाई ,गोरक्षनाथ ,लगायत नेपालीको जडिबुटी महत्वको र उपयोगिता का वारेमा चर्चा गरिएको छ। । उद्घाटन शत्रमा
रेथाने विश्वविद्यालयका अभियन्ता, प्राध्यापक डाक्टर विद्यानाथ कोईराला , विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष प्रविण घिमिरे ,महासचिव , गणेश न्यौपाने , डाक्टर सुजन पन्त ,डाक्टर डिपि आत्रेय, डाक्टर उत्तम बज्राचार्य ,व्यासाचार्या किशोर गौतम,प्राध्यापक चिरिन्जीवी श्रेष्ठ ,विश्व हिन्दु केन्द्रीय सदस्य टंकनाथ पौडेल ,विष्णु लिम्बू , युवा संघ चितवन अध्यक्ष घनश्याम पौडेलल महिला समिति चितवन अध्यक्ष सृजना पान्डे, युवा व्यवशायी प्रतिक कार्की लगायतकाले बोल्नुभएको थियो। युवा संघ चितवन
भेलामा ऐतिहासिक मठ, मन्दिर, सनातन धर्म, संस्कृति र मौलिक ज्ञान र सीपको समेत चर्चा गरिएको छ । साथै युवाहरुलाई अध्यात्मका साथै कसरी व्यवशायमा सफलता हासिल गर्न सक्छ् न भन्ने विषयमा पनि चर्चा गरिएको युवा संघ केन्द्रिय प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस