भट्टराई कुलवंशका उपाध्यक्षलाई मातृशोक
भरतपुर ,पौष,२९।बागमती प्रदेश सहकारी संघका कोषाध्यक्ष एवं भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष , सामाजिक व्याक्तित्व टिकाराम भट्टराईलाई मातृशोक परेको छ ।उहाँको आमा ज्ञान कुमारी भट्टराईको गएराती निवास भरतपुर११ मा ९८ वर्षको उमेरमा निधन भएको हो । उहाँ को श्रीमान तुल्सीराम भट्टराई र ४छोरा र मध्ये जेठो छोरा वुद्ी सागर भट्टराईको यश अघि नै निधन भईसकेको छ। अन्य छोराहरु तिर्थराज भट्टराई ,चित्रलाल भट्टराई र ६ छोरी रहनु भएको छ। उहाँ परिवारका साथ पर्वतको ग्यादीवाट वसाईसराई गरि पश्चिम चितवनको भगौलीमा वस्दै आउनु भएको थियो । उहाँको आज नै देवघाटधाममा वैदिक विधि अनुसार अन्तेष्टी गरिएको छ
प्रतिकृया दिनुहोस