पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा गौ सेवामा

काठमाडौं । कुनै समय नेपालको न्यायालयमा एकछत्र राज गरेका पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा यतिबेला भारतमा सन्यासी जीवन बिताइरहेका छन्। २०६९ सालमा प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बनेर गएपछि दुई वर्ष न्यायालयको बागडोर शर्माले नै सम्हालेका थिए।

सुरुदेखि आध्यात्मिक चिन्तन बोकेका शर्माले गरेका केही फैसला विवादमा आए पनि उनले न्यायालयलाई विवादमा ल्याउने काम भने कहिल्यै पनि गरेनन् । उनले पद र शक्तिलाई महत्व दिएनन् । यदि दिएको भए उनी अवकाश पाउनेवित्तिकै वैराग्य चिन्तन बोकेर हिँड्ने थिएनन् ।

पूर्वप्रधानन्यायाधीशहरूलाई राजनीति गर्न र अन्य व्यापार व्यवसाय गर्न रोक छ । मानवअधिकार आयोगको अध्यक्षबाहेक अरु नियुक्ति प्रधानन्यायाधीशले खान पाउँदैनन् । तर, शर्माले कहिल्यै पनि राजनीतिक नियुक्तिमा आँखा लगाएनन् । बरु उनी अहिले भारतमा गाई फार्ममा आफ्नो उत्तराद्र्धको जीवन बिताइरहेका छन् ।

उनका बारेमा नेपालमा धेरैले चासो पनि राखेको देखिन्न । तर, केही दिनयता सामाजिक सञ्जालमा भेटिएका शर्माको सन्यासी जीवनको दृश्यले भने शक्ति र पद केही पनि होइन भन्ने सबैलाई पाठ सिकाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...