कोरोना को उपचारमा समेत उपयोगी असुरोको महत्व

असुरो वनमा पाइने जडिबुटी हो । यसको आयुर्वेदिक महत्वका कारण यसलाई उपयोगी जडिबुटी मानिन्छ ।
फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ। एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेतवारी एवं कान्लाहरुमा पनि प्रशस्तै पाइन्छ।
\
यो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो।हाल कोराना भाइरसकोे उपचारमा समेत यसको प्रयोग बाट लाभ लिन सकिने वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष डा. राम बहादुर बोहरासुझाउनुहुुन्छ । उहाँका अनुसार
प्रकृतिको अनुपम उपहार असुरो प्रयोगबाट सरूवा रोग रूघा एक प्रकारको भाइरस जसको औषधि नै छैन तर यस्ता रोगमा पनि असुरोको सेवन गराउन सकिन्छ । यसको प्रयोगबाट अनौठो फाइदा लिन सकिने देखिन्छ । यस्ता बहुमुल्य औषधि माथि अनुसन्धान गर्न सके कोरोना भाइरसको उपचारमा समेत प्रयोग गरेर विश्व रेकड राख्न सकिने देखिएको छ ।
रुघा, खोकी, दम, हृदयरोग, नाक र मुखबाट रगत बगेमा, विकार रक्तको शुद्धीकरण, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा वा सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएको अवस्थामा समेत यसको प्रयोग गर्न सकिन्छ ।
हेर्दा सामान्य देखिने जताततै पाइने जडिबुटी असुरो श्वास-प्रश्वास सम्बन्धि रोगमा बहुमुल्य औषधिको रूपमा लिन सकिने देखिएको छ । यसको पात, जरा र फूलमा पाइने पदार्थले श्वास-प्रश्वास प्रणालीका समस्यालाई सुधार गर्छ। असुरोले श्वासमार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्छ ।विरामीको अवस्था अनुसार आयुरर्वेदाचार्यहरुको परामर्शमा रहेर अन्य जडिबुटीहरुसगँ मिलाएर यो सेवन गर्नुुपनृै बताउछन् । यस्ता हाम्रा वरीपरिजडिबुटीको महत्व धेरै विरुवाहरु पाहिन्छ । तिनिहरुको संरक्षणमा लागि उपचारमा प्रयोग गर्न सके त्यसबाट लाभ पनि मिल्न सक्छ ।
प्रतिकृया दिनुहोस