प्रदेश सभा सदस्य वाग्लेलाइ छोराछोरीले उपहार दिएको रकमले अस्पताललाई अक्सिजन सहयोग

भरतपुर । संबिधानसभा सदस्य एवम् बागमती प्रदेश सभा सदस्य गीता वाग्लेले आफ्ना छोरी र छोराले आमा खुवाउने औसीमा अष्ट्रेलियाबाट पठाएको रकमले अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ ।

वाग्ले ज्यले आज एक कार्यक्रमका बिच ५ थान अक्सिजन सिलिण्डर र एउटा ट्रली सहयोग गर्नु भएको हो | उहाँका सो रकम बाट चितवनको मुग्लिन हाइवे हस्पिटलमा सो सामान सहयोग गर्नु भएको हो |

कोरोना संक्रमणको महामारीले विश्व आक्रान्त बनिरहेको अबस्थामा नेपालमा उपचारका लागि आवश्यक सामाग्रीको कमीले मृत्युदर बढिरहेको छ । कोराना संक्रमणका बनिरहेको परिस्थितिमा आफुले सहयोग गरेको सामाग्रीले केहि राहत दिने वाग्मती प्रदेशसभा सदस्य गीता वाग्लेले बताउनु भयो । वाग्लेले संक्रमणको घडीमा सबैलाई सुरक्षित रहन आग्रह पनि गर्नु भएको छ ।

संविधान सभा सदस्य समेत रहनु भएकी वाग्लेले हस्पिटलका अध्यक्ष रामबहादुर लामासँगै मणिरत्न शाक्य, मुक्ति श्रेष्ठ र बिनोद श्रेष्ठलाई ती सामग्री आज हस्तान्तरण गर्नुभयो । उहाँका अनुसार अष्ट्रेलियाको सिड्नीमा रहनु भएकी छोरी रञ्जु वाग्ले थापाले औसीमा पठाएको एक हजार अष्ट्रेलियन डलर र छोरा सुगन्ध वाग्लेले पठाएको रु.१० हजारले ती सामग्री खरिद गरेर सहयोग गर्नुभएको हो ।

सामाजिक क्षेत्रमा क्रियाशील वाग्लेले यस अघि पनि विभिन्न संघ संस्थालाई सहयोग गर्दै आउनु भएको छ ।

संस्थाका अध्यक्ष लामाले अस्पतालले हाल १० शैयाको निःशुल्क आईसोलेसन सञ्चालन गरेको बताउनुभयो । समुदायस्तरबाट सञ्चालन भएको सो अस्पताललाई विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन् । लामाका अनुसार दुई जना चिकित्सक सहितको अक्सिजन सिलिण्डर राखेर आईसोलेसन संचालनमा ल्याईएको छ । आईसोलेसन शैया ५० पु-याउने लक्ष्यका साथ काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । सो अस्पतालले जिल्लाकै विकट मानिएको ईच्छाकामना गाउँपालिकासँगै तनहुँ, गोरखा र धादिङका बिरामीलाई समेत सेवा दिन सक्ने उहाँको भनाई छ । ईच्छाकामना चेपाङ समुदायको बाहुल्यता रहेको पालिका हो ।

 

प्रतिकृया दिनुहोस