गाईको गहुँत यी रोगको अचुक ओखती ! जान्नुहोस धार्मिक तथा बैज्ञानिक गुण

एजेन्सी । हिन्दु धर्ममा गाईको गहुँत अत्यन्तै पवित्र मानिन्छ । धार्मिक कामकाजमा गाईको गहुँत अनिवार्य छ । अनादिकालदेखि गाई र गाईको गहुँतलाई यसरी प्रयोग गरिदैं आइएको भएपनि यसको महत्व बारे हामी अझै जानकार छैनौं । अब जानौं यसको वैज्ञानकि आधार के छ ?

गाईको गहुत शुद्धताको प्रतिक हो , यो हाम्रो धार्मिक विश्वास पनि हो । गहुत खादाँ बेफाईदा होइन फाइदा हुने वैज्ञानिकहरु बताउँछन् । अमेरिकामा गाईको गहुँत बारे शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ । अहिले गौमुत्रको प्रयोग गरि बनाइएका औषधीहरु प्रयोगमा आइरहेका छन् ।

भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको पेटेन्ट राइट लिएको छ । वैज्ञानिहरुले गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने क्षमता हुन्छ, भन्ने प्रमाणित गरेका छन् ।

गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मल हाली गरिएको खेतीबाट तरकारी तथा फलफुलमा विभिन्न खालका देखिएका समस्या हल गरिएको छ । युरोप र अमेरिकालगायत अन्य शहरमा गाईको गोबर र गहुँतको प्रयोग गरि अग्रानिक खेती गर्ने क्रम बढ्न थालेको छ ।

वैदिक सनातन धर्मावलम्बीले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिकले अनुसन्धान गर्न थालेको छन् । ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै यी कुरालाई पवित्र मानेका थिए ।

अर्क खान थालेपछि ग्याष्ट्रिक लगायतका पेटका समस्या निको भएको बताइन्छ । गाईको दूधमा ओमेगा ३ नामक तत्व पाइन्छ । यसले स्मरण शक्ति बढाउने र सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गाईको गहुँतमा ‘कक्र्युमिन’ नामक तत्व पाइन्छ जुन एण्टी क्यान्सर ड्रग हो ।

गाईको गहुत खानाले रोगसग लड्ने क्षमतामा पनि बृद्दी गर्दछ।

यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ । गहुँतमा अन्य २४ तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यक्ता पूर्ति गरी निरोगी बन्न सहयोग पुर्याउँछ ।

प्रतिकृया दिनुहोस