भारतको कुम्भ मेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती कोरोना संक्रमित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । हरिद्वार कुम्भमा सहभागी भएर उनी आइतबार स्वेदश फर्केका थिए । कुम्भमा सहभागी भएकाहरु धेरै कोरोना संक्रमित भइरहेका बेला पूर्वराजा पनि संक्रमित भएका हुन्।

ज्ञानेन्द्र हरिद्वारबाट फर्केपछि निर्मल निवासमै क्वारेन्टिन बसेका थिए । कोरोना संक्रमित भए पनि उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी भने दिइएको छैन। ज्ञानेन्द्रकी नातिनी कृतिका शाहले ट्वीटरमा ज्ञानेन्द्र कोरोना संक्रमित भएको भन्दै स्वास्थ्य लाभको काम गर्दै पोस्ट गरेकी छन् । 

https://twitter.com/kritika__shah/status/1384467383998304260?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1384467383998304260%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.dcnepal.com%2F2021%2F04%2F244236%2F

 

प्रतिकृया दिनुहोस