यस्ता छन् चुरा लगाउनुका वैज्ञानिक फाइदा
महिलाहरुको श्रृंगार महत्वपुर्ण बस्तु हो चुरा । हिन्दु धर्ममा महिलाले लगाउने चुराको मुल्यमान्यता धेरै छन् । महिलाहरुको श्रृंगारमा पनि अझ चुरा छुट्यो भने त्यो श्रृंगारलाई अधुरो मानिन्छ ।
ब्रत वा अन्य कुनै पर्व नै किन नहोस् महिलाहरुको हातमा चुरा भएन भने त्यसले श्रृंगारलाई पूर्ण बनाउँदैन । यति धेरै प्रयोग हुने चुराको महत्व के श्रृंगारका लागि मात्र हो त ? अवश्य होइन । यसले हात सजाउनेमात्र नभई धार्मिक तथा स्वास्थ्यमा पनि अप्रत्यक्ष रुपमा फाइदा पुर्याइरहेको हुन्छ ।
चुराका फाइदाहरु निम्न छन् ः-
१. मानसिक सन्तुलनः चुरा लगाउनाले महिलाहरुमा मानसिक सन्तुलन कायम रहन्छ । काँचको चुराबाट आउने आवाजले वातावरणमा भएको नकारात्मक उर्जालाई नष्ट गर्दै त्यसको आसपास सकारात्मक उर्जा प्रवाह गर्ने वैज्ञानिकहरुको दाबी छ ।
२. रक्त प्रवाहः चुराले हत्केलाको छालासँग घर्षण गर्दा हातमा रक्तसञ्चारमा मद्दत पुर्याउँछ ।
३. थकानः चुराबाट प्राप्त हुने घर्षणले शरीरमा उर्जा पैदा हुने भएकोले छिट्टै थकान महसुस हुन पाउँदैन ।
४. हर्मोनको सन्तुलनः महिलाहरुको शरीर पुरुषको तुलनामा बढी संवेदनशील हुन्छ । उनीहरुको शरीरमा हर्मोनको स्तर पनि एकदमै छिटो परिवर्तन भइरन्छ । चुराले छिटो–छिटो परिवर्तन भइरहने हर्मोन स्तरलाई पनि सन्तुलित राख्छ ।
५. बलवर्दकः आयुर्वेदका अनुसार, सुन र चाँदीको भष्म अर्थात पकाएको सुन चाँदीले शरीरलाई बल प्रदान गर्छ । त्यसकारण सुन वा चाँदीका चुरा लगाउने महिलाहरु वृद्ध उमेरसम्म पनि स्वस्थ रहन्छन् ।
प्रतिकृया दिनुहोस