थाहा पाउनुहोस कुन अंग फरफराउँदा के हुन्छ !
मानिसको शरीरका विभिन्न अंगहरु कहिले काहीँ फरफराइ रहेको हुन्छ । सामुद्रिक शास्त्रका अनुसार शरीरको विभिन्न अंगहरु फरफराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ । सामुद्रिक शास्त्र वैदिक शास्त्रको एक हागा हो । जसले मानिसको अनहार, तेज, एवम् शरीरको पूर्ण विश्लेषणात्मक अध्ययन गर्दछ ।
सामुदि्रक शास्त्रका अनुसार शरीरका अंगहरु फरफराएमा कतिपय अवस्थामा शुभ हुन्छ र कतिपय अवस्थामा अशुभ हुन्छ ।
सामुद्रिक शास्त्रका अनुसार कुन अंग फरफराउँदा के हुन्छ :
-दाँया आँखा फरफरायो भने आफ्नो इच्छा पूरा हुन्छ ।
-बायाँ आँखा फरफराउँनु राम्रो खबर सुन्न पाउने संकेत हो ।
-चिउँडो फरफराउँदा व्यकि्तलाई स्त्री सुख मिल्नुका साथै धनलाभ पनि हुन्छ ।
-दुबै गाला फरफराउँदा धन प्राप्त हुन्छ ।
-लगातार दाहिने परेला फरफराएमा शारीरिक कष्ट हुन सक्दछ ।
-घाटी फरफराउँदा शुभ हुनुका साथै मान—सम्मानमा वृदि्ध हुनेछ ।
-टाउको फरफराउँदा सुख सुविधा तथा सफलता मिल्छ ।
-निधार फरफराउँदा भौतिक सुख भोगको अवसर प्राप्त हुन्छ ।
-ओठ फरफराउँदा मिल्ने साथीको आगमन हुन्छ ।
-दाहिने खुट्टा फरफराएमा कठिनाई सामना गर्नुपर्ने हुन्छ । साथै बाँया खुट्टा फरफराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।
-हात फरफराउँदा मानिस कुनै विपत्तमा फस्न सक्छ ।
-निधार फरफरायो भने सन्तान लाभ मिल्छ ।
-बाँया तिघ्रा फरफरायो भने अपमानित हुन सक्छ ।
-छाती फरफराउँदा साथीसँग भेट हुन्छ ।
-ढाँड फरफराएमा केहि विपदको सम्भावना रहन्छ ।
प्रतिकृया दिनुहोस