योगा र ध्यान गर्नुका यस्ता फाइदा ! मानसिक स्वास्थ्य देखि क्यान्सर रोगका लागि रामवाण
योगा र ध्यानमा मानव शरीरको स्वास्थ्यका लागि निकै महत्वपुर्ण छ । यस्तोमा वैज्ञानिकहरुले एन्टी इन्फ्लेमेटरी जिन्स पत्ता लगाएका छन् जसले शरीरलाई सकि्रय र स्वस्थ मात्रै राख्ने होइन बरु आयु पनि बढाउँछ । यो कुरा सुन्दा अलि अचम्मको जस्तो लागेपनि यो सहि हो ।
आउनुहोस् जानीराखौं, योगा र ध्यानका अदभुत फाइदा ः-
१. क्यान्सरको जोखिम कम हुन्छ
हालसालै गरिएको एक अध्ययनका अनुसार योगा र ध्यानले क्यान्सरको जोखिमलाई सजिलैसँग कम गर्न सकिने पत्ता लागेको छ ।
मानिस योगा र ध्यानको माध्यमले आफ्नो दिमाग र शरीरमाथि नियन्त्रण गर्न सक्छन् । ध्यान गर्ने मानिसहरुमा इन्फ्लेमेसन धेरै हुने मोलिक्युलको उत्पादन कम हुन्छ । र, इन्फ्लेमेसन कम भएमा क्यान्सरको जोखिम पनि कम हुन्छ ।
२. मानसिक स्वास्थ्यमा सुधार ः-
आजको दिनमा कैयौं मानिसहरु योगा र ध्यानको फाइदा उठाइरहेका छन् । यसको फाइदा हाम्रो शरीरमा मोलिक्युलर लेभलबाट हुन थाल्छ । अर्थात योगा र ध्यानले शरीरको जेनेटिक कोड पनि परिवर्तन गर्न सकिन्छ ।
यसको एक फाइदा मानसिक स्वास्थ्यमा सुधार पनि हो । ध्यान र योगाले स्मरणशक्ति तिक्ष्ण हुन्छ, तपाईं सहि किसिमले कुनै चीजमा केन्दि्रत हुन पाउनुहुन्छ र एकाग्रता पनि बढ्छ ।
३. तनाव कम हुन्छ
आजभोली हामीले कैयौं यस्ता रोगहरुको सामना गर्नुपरेको छ जसको बारेमा हामीले कहिल्यै पनि सुनेका थिएनौं । यसको सबैभन्दा ठूलो कारण हो हाम्रो जीवनशैली र चौबिसै घन्टा स्ट्रेसमा रहने दैनिकी ।
यदि सही ढंगले योगा र ध्यान गर्ने हो भने हाम्रो जिन्दगीबाट तनाव भाग्छ । अर्थात यो एक यस्तो एन्टिडिपि्रसेन्ट हो जसले फाइदा नै फाइदा गर्छ ।
ध्यान र योगाको प्रक्रियामा हामीले लामो गहिरो सास लिन्छौं र साथै शरीरको स्लो मुभमेन्ट पनि हुन्छ ।
५. शरीरको लचकता बढ्छ
बाहिर क्रियाकलाप नगरिकन दिनभर कम्प्युटरको अगाडि बस्नाले शरीर कैयौं रोगहरुबाट ग्रस्त हुन सक्छ । कम उमेरमै शरीरमा कैयौं किसिमका दुखाईहरु सुरु हुन्छन् ।
हामीलाई व्यस्तताको कारण व्यायाम गर्ने समय पनि मिल्दैन । तर, यदि थोरै समय मिलाए। हामीले आफ्नो शरीरमा ध्यान दिने हो भने यसको फाइदा हामीलाई नै हुन्छ ।
दैनिक थोरै समयसम्म योगा र ध्यान गर्नाले शरीरको लचकतामात्रै बढ्दैन बरु कार्यालयको काम गर्ने उत्साह र जाँगर पनि बढ्छ ।
प्रतिकृया दिनुहोस