शंख किन बजाइन्छ ? यस्ता छन् शंखको धार्मिक र बैज्ञानिक गुण :
माघ-२२ । हिन्दुधर्ममा शंख वा शंखको निकै ठुलो महत्व छ । बिहानको पूजापाठ होस् वा कुनै धार्मिक कार्य शंख ध्वनी बिना अधुरो मनिन्छ । हिन्दु धर्ममा शंख घरमा राख्दा पनि शुभ मनिन्छ ।
शास्त्र अनुसार समुन्द्र मन्थनका बेला चौध रत्न प्राप्त भएको थियो । जसमध्ये एक शंख थियो । शंखलाई माता लक्ष्मी र भगवान विष्णुले धारण गरेका छन् । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने तथा धर्तीलाई जागृत गराउँने धार्मिक मान्यता रहेको छ ।
तर शंख किन बजाइन्छ ? यसको फाइदा के ? भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ । शंख बजाउनुको अर्थ, महत्व र बैज्ञानिक फाइदा निम्न छन् ः
१. शंख घरमा राख्नु वा बजाउनु शास्त्र अनुसार शुभ फलदायक मानिन्छ ।
२. शंख बजाउँदा पैदा हुने ध्वनीले वातावरणमा रहेको हानिकारक जीवाणु नष्ट हुन्छ ।
३. शंख बजाउँनेहरुको फोक्सोको व्यायाम हुन्छ । यसले फोक्सोमा लाभ दिलाउँछ ।
४. दमका रोगीलाई पनि शंख बजाउँनु लाभदायक हुन्छ ।
५. कब्जियत हुनेहरुले शंखमा पानी भरेर बिहान खाली पेटमा सेवन गरे कब्जियत निको हुन्छ ।
६. शंखबाट प्राप्त हुने तत्वले हड्डी तथा दाँतमा लाभ पुर्याउँछ ।
७. वास्तु अनुसार घरमा शंख राख्दा सकारात्मक उर्जा प्रवाह गर्ने शक्ति मिल्छ ।
८. शंखमा राखिएको पानीले अनुहारमा मसाज गर्दा प्राकृतिक चमक आउँछ ।
प्रतिकृया दिनुहोस