वागीश्वरीको आइसोलेसन केन्द्रलाई आर्थिक सहयोग प्रदान


चितवन , ३० मंसिर
श्री बागीश्वरी आध्यामिक परिषद्, योगी नरहरीनाथ आश्रमद्धारा सञ्चालित योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयको  सोमवार गृहमन्त्री रामबहादुर थापा बादलले  अवलोकन गर्नुभएको छ । सो अवसरमा उहाँले रोगी नागरिकबाट सम्बृद्ध नेपालको सपना पुरा हुन नसक्ने बताउनु भयो । सरकार जनताको स्वास्थ्य , सुरक्षा प्रति सधै सचेत रहेको बताउनु हुदै उहाँले गृहजिल्लाका हरेक गतिविधि सगँ आफूले जानकार रहको बताउनु भयो ।सो अवसरमा चितवनका धार्मिक तथा समाजीक व्याक्तित्व उमाशंकर अग्रवालले योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालय  मा रहेको भरतपुर महानगर कोभिड १९ ओइसोलेसन केन्द्रकोनगद १ लाख १ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । केन्द्र अवलोकन गर्न आउनु भएका गृहमन्त्री थापा मार्फत सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । परिषद्को पूूर्व कोषाध्यक्ष उहाँले परिषद् कै गरिमाको रुपमा रहेको आइसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमितको लागि सो सहयोग गर्नुभएको हो । यस अघि पनि उहाँले बागेश्वरी क्षेत्रमा रहेको गौ संरक्षण केन्द्रसहित अन्य प्रकल्पहरुमा सहयोग गर्दै आउनु भएको छ । अग्रवालले यसअघि यहाँ आफ्नो सहयोगी संस्था उमाशंकर ट्रष्ट नेपालले निर्माण गरेको केदारनाथ गीतादेवी गौ धर्मशाला योगी नरहरीनाथ गौ संरक्षण केन्द्र बागीश्वरीलाई हस्तान्तरण समेत गर्नुभएको थियो । सो अवलोकन कार्यक्रममा पषिद्का अध्यक्ष शैलेन्द्र पिया ,पिताम्बर योगी , प्राकृतिक अस्पतालका निर्देशक डा हेमराज कोइराला लगायतको उपस्थिती रहेको थियो। सो आइसोलेसन केन्द्रमा ४११ जना कोरोनाको विरामी उपचार गरिएकोमा हाल सम्म ३४२ जना निको भइसकेका केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस